Tuesday, May 18, 2021
Home > समाचार > नुवाकोट गाडी दुर्घटनामा पछिल्लो अपडेट अनुसार १६ जनाको मृत्यु भएको पुष्टी

नुवाकोट गाडी दुर्घटनामा पछिल्लो अपडेट अनुसार १६ जनाको मृत्यु भएको पुष्टी

विदुर : नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीमा शुक्रबार साँझ मिनी ट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ।समुद्रटारबाट शिखरबेंसी हुँदै घ्याङफेदीतर्फ गइरहेको सो गाडी आज साँझ ६ बजे दुर्घटना भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।

गाडीमा ४० जना यात्रु रहेको बताइएको छ। गाडी भीरबाट करीब ४०० मिटर तल खसेको दुप्चेश्वर गाउँपालिकाका प्रशासकीय अधिकृत रामहरि गजुरेलले जानकारी दिए। रासस

Leave a Reply