Friday, May 27, 2022
Home > Uncategorized > मन्त्री रेणु यादवलाले यस्तो धम्की दिएपछि बर्खास्त गर्न माग

मन्त्री रेणु यादवलाले यस्तो धम्की दिएपछि बर्खास्त गर्न माग

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले गौर नरसं’हा’रको जिम्मेवारी जनता समाजवादी पार्टीले लिएको भन्दै दो’षीहरुलाई का’रबा’ही गर्न माग गरेको छ ।

भौतिक पूर्वाधार मन्त्री समेत रहेकी रेणु यादवले बिहीबार जनमत पार्टी वि’रुद्ध अर्को गौर घटना गराउने ध’म्की दिएको प्रसंग उठाउँदै सो जनमत पार्टीले नरसंहारको ध’म्की दिने मन्त्री यादवलाई बर्खास्त गरेर का’रबा’ही गर्न माग गरेको हो ।

सो पार्टीका उपाध्यक्ष दिपक कुमार साहले बिहीबार राति प्रेस विज्ञप्ति जारी गर्दै चरम आपराधिक अभिव्यक्ति दिने मन्त्री यादवलाई बर्खास्त गरेर २०६४ सालको गौर नरसंहारमा संलग्नहरुलाई तत्काल पक्राउ गर्न माग गरेका हुन् । अपराधिक अभिव्यक्ति दिने, ह’त्या हिं’सा भड्काउन खोज्ने र अर्को नरसंहारको षडयन्त्र रच्ने मन्त्रीलाई अविलम्ब बर्खास्त गरेर सरकारले कारबाही गर्नुपर्छ, वक्तब्यमा भनिएको छ ।

गौर घटनाका अभियुक्तहरुलाई सुरक्षाकर्मीले विशिष्ठ सुरक्षा घेरामा राखेको भन्दै सो पार्टीले उनीहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न र पीडितहरुलाई न्याय दिए मात्रै मधेशमा आपराधिक राज समाप्त हुने बताएको छ । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आफूलाई कालो झण्डा देखाएको भन्दै मन्त्री यादवले गौरमा आयोजित कार्यक्रममा अर्को गौर नरसंहार गराउने धम्की दिएकी थिइन ।

यो भिडियो पनि हेर्नुहाेला>>>

Leave a Reply

error: Please Dont Copy My Content!! !!