Friday, May 27, 2022
Home > प्रवास > साउदी गएका एक नेपाली यस्तो अवस्थामा, छट्पटाउँदा समेत सहयोग गर्ने कोहि भएन… भिडियो हेर्दा आँशु रोकिएन (भिडियो हेर्नुस्)

साउदी गएका एक नेपाली यस्तो अवस्थामा, छट्पटाउँदा समेत सहयोग गर्ने कोहि भएन… भिडियो हेर्दा आँशु रोकिएन (भिडियो हेर्नुस्)

दुई बर्ष अघि न्यू वल्ड ओभरसिज प्रा.लि. चापागाउँ ललितपुरबाट रोजगारीका लागि साउदी पुगेका एक नेपालीको अवस्था उक्त भिडियोमा देखिएको छ । भिडियो देख्दा जो कोहीको आँखाबाट आँशु रोकिन्न ।

साउदीको जेद्धामा एउट कोठामा उनी छटपटाइरहेका हुन्छन् । लावाङ्ग लामाले भिडियो फेसबुकमा लाईभ गर्छन् । भिडियोमा भनिरहेको सुन्न सकिन्छ अहिले म साउदीको जेद्धामा छु । यहाँ नेपालको गाउँभन्दापनि कहालीलाग्दो अवस्था छ । न बत्ति छ न त एसी नै । पिउने पानीपनि पाइएको छैन । उनको भिडियोमा देख्न सकिन्छ एक नेपाली छोरा पेट थिचेर छटपटाइरहेका हुन्छन् ।

भिडियो हेर्दा उनलाई असाध्यै पिडा भएको छ । उनी भूइमा छटपटाइरहेका हुन्छन् । भिडियो खिचिरहेकाले यी साथी १८ महिनादेखि बिरामी परेको र आज निक्कै साह्रो परेको भनिरहेका छन् । केही साथ सहयोग गर्यो वा छोएर पक्रिएर पिडामा साथ दियो र पछि घटना भयो भने आफै फस्ने कानून भएकाले आफूहरु छुन नसकिरहेको भन्छन् । उनी पानी–पानी भन्दै छटपटाइरहेका हुन्छन् । भिडियो खिच्ने साथी के गर्नु आँशु बगिरहेको छ यो पिडा हेर्दा तर छोयो भने आफै परिन्छ ।

उनले भिडियोमा आयुश भाई भनिरहेका हुन्छन् । न्यू वल्ड ओभरसिज् को प्रमुख तिलक काभ्रे हो भनेका छन् । कम्पनीले गुहार माग्दा उल्टै बक्ति बन्द गरिदिएको छ । हाम्रो विजोग छ भनिरहेका हुन्छन् । यहाँको कानून यही छ । यहाँ आएपछि कम्पनीले तलबपनि दिएको छैन । नेपालपनि पठाउँदैन । कम्पनीले कुनै कागजात दिएको छैन । अस्पताल लिएर गएपनि कम्पनीले कुनै कागज नदिएका कारण भर्ना गर्दैन ।

बाहिर बाटोमा फ्याल्नपनि सकिन्न । के गरौँ । यो भिडियो सक्दो सेयर गरेर नेपालका सम्बन्धित व्यक्तिसम्म पुर्याईदिनु भन्दै उनले आग्रह गरिरहेका हुन्छन् । त्यहाँ अरु दुई जनापनि देखिन्छन् । अब चै पुलिसलाई फोन गरौँ है । गैर कानूनी भएको कारबाही खेपेपनि खेपौँ ।

मेरे सबै एकसाथ मरिएला भन्ने सल्लाह गरिरहेका हुन्छन् । त्यसपछि भिडियो सकिन्छ । भिडियो ६ मिनेट ५५ सेकेण्डको छ । भिडियोमा उक्त व्यक्ति को हुन् भन्ने भनिएको छैन । तर यो नेपालीको एक पिडा जो कोहीले देख्न सकिन्न । यो भिडियो र सामाग्री सम्बन्धित निकायमा पुर्याएर उनको उद्धार र उपचारमा सबै नेपाली हातेमालो गरौँ ।

भिडियो हेर्नुहोला

Leave a Reply

error: Please Dont Copy My Content!! !!