Friday, May 14, 2021
Home > समाचार > भर्खरै आयो अत्यन्तै दुखद दुर्घत्नको खबर

भर्खरै आयो अत्यन्तै दुखद दुर्घत्नको खबर

पाल्पा – तानसेनबाट सुत्केरी लिएर माथागढी गाउँपालिकाको बहादुरपुर जाँदै गरेको जीप पूर्वखोला गाउँपालिका–२ जल्पाको आर्गीडाँडा भीरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा चालक २० वर्षीय विरेन्द्र राना, ४४ वर्षीया यानीसरा गाहा, २३ वर्षीया कुनीसरा रुचाल, ७१ वर्षीय रेवतबहादुर जिसी र ४१ वर्षीयाकी भुमीकुमारी दर्मामी रहेका छन् । मृतक सबै माथागढी ८ बहादुरपुरका हुन् ।

सुत्केरी दर्मामीको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको हो । तीन दिनको बच्चा भने सकुशल नै रहेको अस्पताल स्रोतले जनाएको छ ।रातीको समयमा साँघुरो र अप्ठ्यारो बाटोमा खरायोलाई पिछा गर्ने क्रममा भित्तामा ठोक्किएर दुर्घटना भएको घाइतेलाई उदृत गर्दै वडाध्यक्ष निरबहादुर सारुले जानकारी दिए । जीप करीब ३ सय मिटर तल खोचमा खसेको छ ।तानसेनबाट जाल्पा हुँदै माथागढीको बहादुरपुर जाँदै गरेको लु१ज २६५३ नम्बरको जीप राति ८ बजेतिर दुर्घटनामा परेको थियो । घाइते ३ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

Leave a Reply