Friday, May 14, 2021
Home > समाचार > RIP….राप्ती नदीमा ५ जनाको सामुहिक अन्त्यष्टि, बेहुली भएकै दिन सासु ससुराको किरियामा वसेकी अभागी बुहारी …

RIP….राप्ती नदीमा ५ जनाको सामुहिक अन्त्यष्टि, बेहुली भएकै दिन सासु ससुराको किरियामा वसेकी अभागी बुहारी …

सवारी दुर्घटनामा परी मृत्यु भएका राप्ती सोनारी गाउँपालिका ८ सम्शेरगञ्जका ५ जनाको सामुहिक अन्त्येष्टि गरिएको छ।सम्शेरगञ्जस्थित राप्ती नदी किनारको गौशाला घाटामा ५ जनाको सामुहिक अन्त्येष्टि गरिएको हो।दुलाहाका बाबु आमाको एउटै चितामा अन्त्येष्टि गरिएको थियो भने गाउँकै अन्य तीन जनाको लहरै चिता बनाएर सँगै अन्येष्टि गरिएको राप्ती सोनारी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष खुमबहादुर बस्नेतले जानकारी दिए।बस्नेतका अनुसार कोहलपुर नगरपालिका वडा नं. १३ का ७८ वर्षीय दत्तबहादुर खत्रीको भने शुक्रबार मात्रै अन्त्येष्टि गरिँदै छ।खत्रीका परिवारले आफ्नै ठाउँमा अन्त्येष्टि गर्ने ईच्छा गरेकाले शुक्रबार मात्रै उनको अन्त्येष्टि हुन लागेको हो।

शुक्रबार बिहान १ बजेतिर मात्रै अन्त्येष्टि सकिएको अध्यक्ष बस्नेतले सेतोपाटीलाई जानकारी दिए।अन्त्यष्टी पूर्व शव यात्रा गरिएको थियो। उक्त शव यात्रामा गाउँपालिका अध्यक्ष लाहुराम चौधरी/उपाध्यक्षलगायत अधिकांस वडा अध्यक्ष र स्थानीय गरि झन्डै एक हजारको संख्यामा मानिसहरू सहभागी रहेको वडा अध्यक्ष बस्नेतले जानकारी दिए। दाङको लमहीमा मृतकको पोष्ट मार्टम गर्दा ढिलाई भएकाले अन्त्येष्टिमा ढिलाई भएको थियो।जन्तीबाट फर्किँदै गरेकाहरू दुर्घटनामा पर्दा ६ जनाको मृत्यु भएपछि ओभरी गाउँ शोकमा डुवेको छ।मृतक मध्ये सोही ठाउँका ३१ वर्षीय दिपकुमार खड्का नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरूण दलका वडा कोषाध्यक्षसमेत हुन्। खड्काको घरमै पुगेर नेपाली कांग्रेसका नेताहरूले शवमा पार्टीको झन्डा ओडाएर सम्मान व्यक्त गरेका थिए ।

नव विवाहित दम्पत्ति पनि किरियामा

राप्ती सोनारी गाउँपालिका वडा नं. ८ सम्शेरगञ्ज ओभरी निवासी २७ वर्षीय नवविवाहित यज्ञबहादुर केसी र उनकी २५ वर्षीया पत्नी लक्ष्मी पौडेल केसी किरिया बसेका छन्।दुलही ल्याएर घर फर्किदै गर्दा घरै नपुगि दुर्घटना हुँदा दुलाहाका बाबु, आमा र भतिजाको मृत्यु भएपछि नव विवाहित जोडि पनि हिन्दु परम्परा अनुसार १३ दिनसम्म किरिया बसेका हुन्।परिवारको कान्छा छोरा यज्ञबहादुर उनका दुई दाजु र भाउजुहरूसँगै बाबु–आमा र छोराको किरिया बसेका हुन्।हनिमुनमा रम्नुपर्ने जोडीलाई परिस्थितिले किरिया पुत्री बनाईदियो’, ओभरीका एक युवाले भने, ‘विवाहको लागि सजिएको मण्डप भत्काएर कृयापुत्रीको आसन बन्दा कस्को मन रूँदैन र?’समय नै सबैभन्दा बलवान हुँदो रहेछ भन्ने तर्क गरेको ती युवाले नव विवाहित दुलाहा दुलही घरमा प्रवेश नै गर्नै नपाई किरियापुत्री बन्नुपर्ने यस्तो दुःखद परिस्थिति कसैलाई पनि नपरोस् भन्ने कामना गरे।

यसरी भएको थियो दुर्घटना

दुर्घटनास्थल जन्ती बोकेको स्कार्पियो र यात्रुबहाक बस एक आपसमा ठोक्किँदा राप्ती सोनारी गाउँपालिका वडा नं. ८ सम्शेरगञ्ज निवासी दुलाहाका बुवा ५३ वर्षीय मानबहादुर केसी, आमा ४५ वर्षीया बिमला केसी, भतिजा ५ वर्षीय प्रबिण केसी, सोही ठाउँकै ४९ वर्षिय विश्वनाथ अधिकारी, ३१ वर्षीय दिपकुमार खड्का र कोहलपुर नगरपालिका वडा नं. १३ का ७८ वर्षीय दत्तबाहदुर खत्री गरि ६ जनाको मृत्यु भएको थियो।उनीहरू चितवनबाट दुलही लिएर फर्कँदै गर्दा पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका- ९ रिहारस्थित गाजवास भन्ने स्थानमा बिहीबार बिहान साढे १ बजेतिर दुर्घटनामा परेका थिए।चितवनबाट बेहुली लिएर बाँकेको समशेरगञ्जस्थित घर जाँदै गरेको बा १२ च ३१२२ नम्बरको स्कार्पियो र पश्चिम महेन्द्रनगरदेखि पूर्वतर्फ जाँदै गरेको ना ५ ख ४०९० नम्बरको यात्रुबहाक बस एक आपसमा ठोकिँदा उक्त दुर्घटना भएको थियो।दुर्घटनामा परी स्कार्पियो चालक सम्शेरगञ्जकै २१ वर्षीय यमबहादुर राना र सम्शेरगञ्जकै ४५ वर्षीया गीतादेवी खत्री घाईते भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ।घाईते मध्ये खत्री खतरा मुक्त रहे पनि चालकको अवस्था गम्भीर रहेको र उनीहरूको उपचार नेपालगञ्ज नरसिंह कलेजमा भइरहेको प्रहरीले जानकारी दिएको छ।प्रहरीका अनुसार स्कार्पियोमा जम्मा ८ जना मात्रै सवार थिए।बेहुला बेहुली भने छुट्टै गाडीमा थिए।आमा बुवासहित केही आफन्त अलि छिटो घर पुगेर जन्तीको लागि बन्दोबस्त गर्न जान खोजेको सयममा दुर्घटनामा परेको प्रहरीले बताएको छ।ओभर स्पिडका कारण दुर्घटना भएको प्रहरीको निष्कर्ष छ।

Leave a Reply