Monday, May 10, 2021
Home > समाचार > निर्मला हत्या प्रकरण पोलिग्राफ टेस्ट मिल्यो,

निर्मला हत्या प्रकरण पोलिग्राफ टेस्ट मिल्यो,

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा जस्तै यो घटनाको अनुसन्धानमा पनि प्रहरीले लापरबाही गरेको छ । बलात्कारपछि एक सातासम्म पीडित युवती अस्पतालको आइसियूमा बेहोस थिइन् ।त्यसवेलामा प्रहरीले चासो नदिँदा महत्वपूर्ण प्रमाण नष्ट भइसकेका थिए । बलात्कारपछि युवतीको झोलाबाट तीन हजार रुपैयाँ पनि चोरी भएको थियो । झोलाबाट पनि आरोपीको ‘फिंगर प्रिन्ट’सहितको प्रमाण संकलन गर्न परिवारले आग्रह गरेका थिए । तर, प्रहरीले त्यसमा चासो नदिएको उनीहरूको गुनासो छ ।प्रहरी अनुसन्धान चलिरहेका वेला अदालतले आरोपीहरूलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो । पछि डिएनएको रिपोर्ट अस्पष्ट आएको प्रहरी अधिकारीहरू बताउँछन् । पीडितको शरीर तथा घटनास्थलबाट राम्रोसँग पीडकको डिएनएको नमुना संकलन नै हुन नसकेको उनका परिवारको आरोप छ ।

प्रहरीले अनुसन्धानमै उदासीनता देखाएको पीडितकी आमा बताउँछिन् । समयमै प्रहरीले अभियुक्तका प्रमाणहरू जोगाउन सकेन । जसकारण प्रहरीको अभियोजनसमेत फितलो हुन पुगेको थियो । होस खुलेलगत्तै युवतीले रघु नामक युवक पनि संलग्न रहेको बताएपछि सोही आधारमा पक्राउ गरी समूहमाथि मुद्दा चलाइएको हो । पीडितले उनीहरूविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । तीनैजना अभियुक्तलाई आफूले चिनेको उनी बताउँछिन् ।आक्रमणकै वेला समूहका युवाहरूले रघुको नामै लिएको आफूले सुनेको पीडितले बताएकी छिन् । साथै प्रोलिग्राफ परीक्षणमा समेत अभियुक्तहरूले ढाँटेको खुलस्त भएको थियो । पीडित युवतीकी आमाका अनुसार होस खुलेलगत्तै उनले अभियुक्तहरूको हुलिया प्रहरीलाई बताएकी थिइन् जो पछि मिलेको थियो ।

सात युवाका बीचमा आरोपीलाई उभ्याउँदा पीडितले तीनजनाको पहिचान गरेकी थिइन् । तर, आरोपीले इन्कारी बयान दिए । पक्राउ परेका तीनै अभियुक्तलाई जिल्ला अदालत ललितपुरले साधारण तारेखमा छाड्ने आदेश दियो । बलात्कार भइरहँदा नै उनी बेहोस भइन् ।त्यसपछि कस–कसले के–के गरे भन्ने उनलाई यकिन छैन । पक्राउ परेकामध्ये कस–कसले बलात्कार गरेका हुन् भनेर प्रस्ट रूपमा उल्लेख गर्न नसकेको भन्दै जिल्ला अदालतले समूहलाई नै साधारण तारेखमा छाड्न आदेश दिएको थियो । तारेखमा छुटेलगत्तै अभियुक्तहरू किन भागे रु प्रश्न यही छ ।घटनापछि पीडित किशोरी र उनको परिवार गोदामचौरबाट विस्थापित भएका छन् । उनीहरूको गाउँमै सानो घर थियो । तर, अहिले पीडित परिवार काठमाडौं धापासीमा डेरामा बस्दै आएको छ । घटनापछि आरोपीका परिवारले धम्की दिन थालेकाले त्यहाँ बस्न नसकेको पीडित युवतीकी आमाले बताइन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

Leave a Reply