Monday, May 10, 2021
Home > समाचार > हृदय विदारक अवस्था : बेहुली भित्रा्याउन भन्दै सजाएको घरमा आइपुग्यो आमा बुवा र ५ वर्षीय बालकको शव- तस्वीर सहित

हृदय विदारक अवस्था : बेहुली भित्रा्याउन भन्दै सजाएको घरमा आइपुग्यो आमा बुवा र ५ वर्षीय बालकको शव- तस्वीर सहित

दाङ, २७ मंसिर । बाँकेको शम्शेरगञ्जवाट दुलही लिएर फर्केको स्कार्पियो दुर्घटनामा परी बेहुलाका आमा बुवा सहित ६ जनाको मृत्यु भएपछि गाउँ नै पुरा शोकमा डुबेको छ । नयाँ बेहुली लिएर आउने भन्दै हर्षका साथ निस्केका जन्ती नै मलामी बन्नुपर्दा कसैको आँखा ओभाएका छैनन् ।

चितवनबाट बाँकेको शम्शेरगञ्ज दुलही लिएर फर्किरहेको स्कार्पियो लमही नगरपालिका ९ रिहारको बगरबाबा सामुदायिक वन क्षेत्रको खासबासमा बससँग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा बेहुलाका बुवा आमा र ५ वर्षीय भतिजा सहित ६ जनाको मृत्यु भएको छ ।विवाहका लागि सजाएको घरमा विहिवार सांझ वेहुलाका आमा बुवा र पांच वर्षीय भतिजाको शव आइपुगेको छ । बेहुलीको पर्खाइमा बसेका बेहुलाका आफन्तहरु मलामी बन्ने बाध्यता आएको छ ।

स्थानीय विद्यालयका शिक्षकसमेत रहेका मानबहादुर केसी कान्छा छोराको बिहे गरेर घर फर्किदै थिए। बुवा आमा सबै जन्तिमा गएका कारण घरमा बेहुली भित्र्याउने ब्यवस्था मिलाउन उनी अरु जन्ति चढेको बस भन्दा अलि अगाडी हिँडेका थिए । अरु जन्ती चढेको बस भने केही बेर सुस्साउन बाटोमा चिया खाँदै बसेका थिए ।

आफ्नो घरवाट बेहुली लिएर हिँडेको जन्ती र बेहुलीका सासु शसुराको ज्यान जानेगरी दुर्घटना भएपछि बेहुलाको घर भएको गाउँ शम्शेरगञ्ज र चितवन स्थित बेहुलीको गाउँ पुरै शोकमा छ । जन्ती गएका आफन्तको शव आउँदा र जन्ती मलामी बन्दा नरुने कोही छैनन् ।

दाङको सिसहनीयामा सबै जन्तीलेसँगै खाना खाएर उनीहरु अघि लागेका थिए। दुलाहादुलही र अन्य जन्ती सिसहनीयामै केही समय रेष्ट गर्न बसेको बेला दुर्घटनाको खबर आएको थियो। खाना खाने बेलामा दुलाहाका बुवाले भित्र्याउने तयारी गर्न छिटो पुग्नुपर्ने भनेर अगाडि हिँडेका थिए। त्यही बेला चितवन गीता नगरबाट बाँकेको शम्शेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको स्कार्पियो र महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बससँग ठोक्किएको थियो।

दुर्घटनामा दुलाहाका बुवा राप्ती सोनारी गाउँपालिका ८ निवासी ५३ वर्षीय मानबहादुर केसी, ४५ वर्षीय आमा विमला खत्री, भतिजा ५ वर्षीय प्रविण केसी, आफन्त ४९ वर्षीय विश्वनाथ अधिकारी, ३१ वर्षीय दिपककुमार खड्का, कोहलपुर नगरपालिका १२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्रीको मृत्यु भएको हो। दुर्घटनामा दुलाहाकी फुपू गीतादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर बुढा मगर घाइते छन्।

फोटो: बिनोद भट्टराई

Leave a Reply