Sunday, July 11, 2021
Home > समाचार > नेपाल टेलिकमको फेसबुक पेजमा यस्तो भएपछि सबै परे चकित

नेपाल टेलिकमको फेसबुक पेजमा यस्तो भएपछि सबै परे चकित

काठमाडौँः सरकारी सञ्चार सेवाप्रदायक नेपाल टेलिकम (एनटिसी) को फेसबुक पेजको नाम बुधबार राति अचानक परिवर्तन भयो ।टेलिकमका महत्वपूर्ण निर्णय, सूचना र कार्यक्रमहरुबारे नियमित अपडेट हुने यो फेसबुक पेजको नाम परिवर्तन गरेर बुधबार राति आठ बजेपछि नेपाल न्यूज राखिएको छ ।नेपाल टेलिकमले आफ्नो वेबसाइटमा पनि यही ३ लाख ६९ हजार ४२१ लाइक भएको फेसबुक

पेजलाई आफ्नो आधिकारिक पेजका रुपमा प्रस्तुत गरेको छ ।तर, नेपाल टेलिकम जस्तो प्रविधिको दिग्गज कम्पनीको फेसबुक पेजमा यति गम्भीर लापरवाही कसरी भयो ? यसबारे संस्थानले केही बोलेको छैन ।

आईटीसम्वद्ध केही व्यक्तिहरुले भने एनटीसीको फेसबुक पेज ह्याक भएको हुन सक्ने अनुमान गरेका छन् । उनीहरुले नेपाल टेलिकमले उपभोक्तालाई दिने सेवामा जस्तै फेसबुक पेजमा पनि लापरबाही गरेर ह्याकरको पहुँमा पुर्याएको तर्क गरेका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!