Sunday, July 11, 2021
Home > समाचार > नेपाल प्रहरीको इतिहासमा एकैपटक एउटै घटनामा जोडेर ३४ जना प्रहरीमाथि यस्तो कारवाही गर्दै आइजीपी सर्बेन्द्र खनाल !

नेपाल प्रहरीको इतिहासमा एकैपटक एउटै घटनामा जोडेर ३४ जना प्रहरीमाथि यस्तो कारवाही गर्दै आइजीपी सर्बेन्द्र खनाल !

काठमाडौं – कन्चनपुरकी १३ बर्षिया वालिका निर्मला पन्त हत्याकाण्डको अनुसन्धानमा संलग्न ३४ जना प्रहरीमाथि कारवाही हुने भएको छ ।
एआईजी धिरु बस्न्यात नेतृत्वको छानविन समितिले अनुसन्धानमा जोडिएका ३४ जना प्रहरीमाथि कारवाहीको सिफारिस गर्न लागेको हो । नेपाल प्रहरीको इतिहासमा एकैपटक एउटै घटनामा जोडेर ३४ जना प्रहरीमाथि कारवाही हुन लागेकोे यो पहिलो घटना हो ।

समितिले झण्डै ३ महिना लामो गृहकार्यपछि केही दिनभित्रै आईजीपी सर्वेन्द्र खनाललाई अध्ययन प्रतिवेदन बुुझाउने तयारी गरेको छ ।प्रतिवेदनमा सबै प्रहरीको बयान समेटिएको छ । निर्मला हत्याकाण्डको अनुसन्धानमा जोडिएका कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्ट बर्खास्त भइसकेका छन् । अन्य ६ जना प्रहरी समेत निलम्बनमा छन् ।

तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, केन्द्रीय अनुसन्धान व्युरोका डिएसपी अंगुर जिसी, असई हरसिंह धामी, प्रहरी जवान चाँदनी साउद, इन्सपेक्टर एकेन्द्र खड्का निलम्बनमा छन् । बस्न्यात नेतृत्वको टोलीले प्रतिवेदनमा एसपी विष्टदेखि निलम्बनमा परेका सबै र बाँकी कारबाहीको सिफारिसमा पर्न लागेका २६ जनाको भूमिकाबारे उल्लेख गरेको बताइन्छ ।

अनुसन्धानमा प्रहरी अधिकारीकै कमजोरी भेटिएसँगै निर्मला हत्याकाण्डको अनुसन्धानको लागि प्रहरी प्रधान कार्यालयले एआईजी बस्न्यातको नेतृत्वमा आन्तरिक छानविन समिति गठन गरेको थियो ।

गत साउन १० गते साथीको घरमा गएकी निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् । प्रहरीलाई साउन १० गते नै परिवारजनले निर्मला हराएको खबर गर्दा समेत खोजीमा चासो नदेखाएको आरोप छ ।

निर्मला हत्याको अनुसन्धानमा कञ्चनपुर प्रहरी र केन्द्रीय अनुसन्धान व्युरोको टोली सक्रिय छ । टोलीले हालसम्म झण्डै एक हजारको हाराहारीमा व्यक्तिहरुसँग सोधपुछ, कल डिटेल लगायत हेर्ने काम गरेको बताइन्छ । हत्यामा संलग्नताको आशंकामा काठमाडौंमै राखेर भीमदत्तनगर–१८ का विशाल चौधरी र प्रदीप रावलमाथि अनुसन्धान जारी छ ।

प्रदीप र विशालको डीएनए परीक्षणको रिर्पोट आइनसकेको प्रहरीले बताएको छ । प्रहरी स्रोतका अनुशार शंकाको घेरामा राज्यको सुरक्षा निकायमै कार्यरत केही व्यक्ति समेत अझै छन् । तर, प्रदीप र विशालको अनुसन्धानको पाटो नटुंगिएसम्म प्रहरी अरुको डीएनए परीक्षण गर्ने मनस्थितिमा नरहेको बताइन्छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!