Friday, May 27, 2022
Home > समाचार > भर्खरै पाल्पाबाट आयो फेरी अत्यन्तै दुखद दुर्घटनाको खबर

भर्खरै पाल्पाबाट आयो फेरी अत्यन्तै दुखद दुर्घटनाको खबर

बेझाड, पाल्पा – जल्पा हुँदै बहादुरपुर जाँदै गरेको लु१ज २६५३ नं को जिप आर्गिडाँडाको ओढारेमा आज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

जिप सडकबाट झण्डै पाँच सय मिटर तल खसेको घट्नास्थलमा रहनुभएका पुर्वखोला गाउँपालिका–२ जल्पाका वडाध्यक्ष नीरबहादुर सारुले जानकारी दिनुभयो । मृतकको सनाखत भने हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । अन्य केही यात्रु भीरमा अड्केको हुन सक्ने भन्दै प्रहरी र स्थानीयवासी खोजी कार्यमा जुटेका छन् ।

यो पनि पढ्नुहोस्

बनेपा – रामेछापबाट जन्ती लिएर सिन्धुपाल्चोकतर्फ जाँदै गरेको बा१९च ६९३४ नं को बोलेरो जिप काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, बेलामा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

प्रहरी नायब उपरीक्षक दिपक गिरीकाअनुसार जिप अनियन्त्रित भई सडकमा पल्टिएको थियो । घाइतेको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । जिपमा सवार रामेछाप खाँडादेवी गाउँपालिका–१ की २१ वर्षीया बेहुली स्विकृति तामाङको बाया हातमा तथा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–३ का २२ वर्षीय बेहुला लक्ष्मण तामाङको ढाड र छातीमा चोट लागेको छ । बलेफी गाउँपालिका–६ का चालक प्रेम तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!