Sunday, July 11, 2021
Home > समाज > उफ्! के हुन लागेकाे यो नेपालमा? फेरि माइतीबाट फर्केकि महिला बलात्कृत, मार्न खोजिएपछि…

उफ्! के हुन लागेकाे यो नेपालमा? फेरि माइतीबाट फर्केकि महिला बलात्कृत, मार्न खोजिएपछि…

नुवाकोट – नुवाकोटमा एक महिलाको बलात्कारपछि हत्या प्रयास भएको छ । मा प्रहरीले विदुर नगरपालिका–३, पीपलडाँडाका ५० वर्षीय रामशरण नेपालीलाई बलात्कार गरेर भिरबाट खसालेर मार्न खाजेको आरोपमा पक्राउ गरेको छ ।

मंगलबार साँझ माइतीबाट फर्कँदै गर्दा विदुर नगरपालिका–३, पीपलडाँडाकी ५७ वर्षीया महिलालाई स्थानीय जंगलमा बलात्कार गरी हत्या गर्न भिरबाट खसालेर घाइते बनाएको नेपालीमाथि आरोप छ । घाइते अवस्थामा उद्धार गरिएकी महिलालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

प्राथमिक उपचार गरी थप उपचार काठमाडौंको ट्रमा सेन्टरमा भइरहेको प्रहरीले जनाएको छ । आरोपित नेपालीलाई प्रहरीले बलात्कार र हत्या प्रयासमा मुद्धा चलाउन अनुसन्धान थालेको जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!