Thursday, December 9, 2021
Home > समाचार > निर्मला हत्या प्रकरण बारे आयो सबैलाई चकित पार्ने खबर

निर्मला हत्या प्रकरण बारे आयो सबैलाई चकित पार्ने खबर

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा जस्तै यो घटनाको अनुसन्धानमा पनि प्रहरीले लापरबाही गरेको छ । बलात्कारपछि एक सातासम्म पीडित युवती अस्पतालको आइसियूमा बेहोस थिइन् ।त्यसवेलामा प्रहरीले चासो नदिँदा महत्वपूर्ण प्रमाण नष्ट भइसकेका थिए । बलात्कारपछि युवतीको झोलाबाट तीन हजार रुपैयाँ पनि चोरी भएको थियो । झोलाबाट पनि आरोपीको ‘फिंगर प्रिन्ट’सहितको प्रमाण संकलन गर्न परिवारले आग्रह गरेका थिए । तर, प्रहरीले त्यसमा चासो नदिएको उनीहरूको गुनासो छ ।

प्रहरी अनुसन्धान चलिरहेका वेला अदालतले आरोपीहरूलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो । पछि डिएनएको रिपोर्ट अस्पष्ट आएको प्रहरी अधिकारीहरू बताउँछन् । पीडितको शरीर तथा घटनास्थलबाट राम्रोसँग पीडकको डिएनएको नमुना संकलन नै हुन नसकेको उनका परिवारको आरोप छ ।

प्रहरीले अनुसन्धानमै उदासीनता देखाएको पीडितकी आमा बताउँछिन् । समयमै प्रहरीले अभियुक्तका प्रमाणहरू जोगाउन सकेन । जसकारण प्रहरीको अभियोजनसमेत फितलो हुन पुगेको थियो । होस खुलेलगत्तै युवतीले रघु नामक युवक पनि संलग्न रहेको बताएपछि सोही आधारमा पक्राउ गरी समूहमाथि मुद्दा चलाइएको हो । पीडितले उनीहरूविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । तीनैजना अभियुक्तलाई आफूले चिनेको उनी बताउँछिन् ।

आक्रमणकै वेला समूहका युवाहरूले रघुको नामै लिएको आफूले सुनेको पीडितले बताएकी छिन् । साथै प्रोलिग्राफ परीक्षणमा समेत अभियुक्तहरूले ढाँटेको खुलस्त भएको थियो । पीडित युवतीकी आमाका अनुसार होस खुलेलगत्तै उनले अभियुक्तहरूको हुलिया प्रहरीलाई बताएकी थिइन् जो पछि मिलेको थियो ।

सात युवाका बीचमा आरोपीलाई उभ्याउँदा पीडितले तीनजनाको पहिचान गरेकी थिइन् । तर, आरोपीले इन्कारी बयान दिए । पक्राउ परेका तीनै अभियुक्तलाई जिल्ला अदालत ललितपुरले साधारण तारेखमा छाड्ने आदेश दियो । बलात्कार भइरहँदा नै उनी बेहोस भइन् ।

त्यसपछि कस–कसले के–के गरे भन्ने उनलाई यकिन छैन । पक्राउ परेकामध्ये कस–कसले बलात्कार गरेका हुन् भनेर प्रस्ट रूपमा उल्लेख गर्न नसकेको भन्दै जिल्ला अदालतले समूहलाई नै साधारण तारेखमा छाड्न आदेश दिएको थियो । तारेखमा छुटेलगत्तै अभियुक्तहरू किन भागे रु प्रश्न यही छ ।

घटनापछि पीडित किशोरी र उनको परिवार गोदामचौरबाट विस्थापित भएका छन् । उनीहरूको गाउँमै सानो घर थियो । तर, अहिले पीडित परिवार काठमाडौं धापासीमा डेरामा बस्दै आएको छ । घटनापछि आरोपीका परिवारले धम्की दिन थालेकाले त्यहाँ बस्न नसकेको पीडित युवतीकी आमाले बताइन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!