Saturday, December 3, 2022
Home > समाचार > दाङबाट अायो सबैकाे मन रूवाउने यस्तो दुःखद खबर, बिहेकै दिन यस्तो विभत्स मृत्यु

दाङबाट अायो सबैकाे मन रूवाउने यस्तो दुःखद खबर, बिहेकै दिन यस्तो विभत्स मृत्यु

मंसिर २७, २०७५ – दाङमा जन्ती सवार जीप दुर्घटना हुँदा दुलाहाका बुबाआमासहित ६ जनाको मृत्यु भएको छ । चितवन गितानगरबाट दुलही लिएर बाँकेको शमसेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको जीप र महेन्द्रनगरबाट काठमाण्डौं आउँदै गरेको ना ५ ख ४०९० नम्बरको यात्रुवाहक बस ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका ९ रिहार नजिकै आज बिहान भएको दुर्घटनामा दुलाहाका बुवा बाँकेको राप्ती सोनारी गाउँपालिका ८ का ५३ बर्षिय मानबहादुर केसी, आमा ४५ बर्षिया विमला खत्री र आफन्तहरु ४९ बर्षीय बिश्वनाथ अधिकारी, ५ बर्षीय प्रविण केसी, ३१ बर्षीय दिपककुमार खड्का र कोहलपुर नगरपालिका १२ का ७८ बर्षीय दत्तबहादुर खत्रीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ ।

दुर्घटनामा ४५ बर्षीया गितादेवी खत्री र चालक २१ बर्षीय यमबहादुर मगर घाइते भएका छन् । उनीहरुको कोहलपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । दुलाहा–दुलही अर्को गाडीमा सवार रहेको र उनीहरु सुरक्षित रहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply