Tuesday, January 18, 2022
Home > समाचार > आजको माैसमः केहि प्रदेशमा मौसम बदली सहित यस्तो छ तीन दिनको मौसम

आजको माैसमः केहि प्रदेशमा मौसम बदली सहित यस्तो छ तीन दिनको मौसम

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ।

हाल प्रदेश २ तथा बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ। पश्चिम तथा मध्य तराइका केही स्थानमा हुस्सु/कुहिरो लागेको महाशाखाले जनाएको छ । आगामी तीन दिनको लागि मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान यस्तो देखाएकाे छ । सूचना अनुसार हेर्नुहाेस् ।

२०७८ पौष ३० गते (शुक्रबार)
दिउँसो : प्रदेश १ र प्रदेश २ तथा सुदूर पश्चिम प्रदेशमा आन्शिक बदली तथा देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राती : देशभर आंशिक बदली रहने छ।

२०७८ माघ ०१ गते (शनिबार)
दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ।

२०७८ माघ ०२ गते (आइतबार)
दिउँसो : गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ। राती : गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ। ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours): देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसो बाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!