Tuesday, January 18, 2022
Home > समाचार > यसरी म बाँच्न सकिन भन्दै दिपकले लेखे प्रधानमन्त्रीलाई इच्छा मृ,त्युको कानुन बनाउन यस्तो पत्र

यसरी म बाँच्न सकिन भन्दै दिपकले लेखे प्रधानमन्त्रीलाई इच्छा मृ,त्युको कानुन बनाउन यस्तो पत्र

म्याग्दे गाउँपालिका-७,तनहुँका दीपक भण्डारीले मुडोजस्तै ओछ्यानमा पल्टिएर जीवन का’ट्न थालेको १२ वर्ष बितिसकेको छ। उहाँ २०६६ सालमा सडक दुर्घटनामा परेपछि उनको अवस्था बिग्रिएको हो।

उक्त घटना पछि त्यसयता उनको टाउको मुनिको(कुमबाहेक) कुनैपनि अंग चल्दैनन्। उनले फेसबुकमार्फत प्रधानमन्त्रीलाई खुल्ला पत्र लेख्दै इच्छामृत्युको माग गरेको समाचार अहिले सामाजिक संजालमा भाइरल हुँदै छ। बाँच्नका लागि २४ सै घण्टा अरुको साहरा चाहिने भएकाले आफूसँगै परिवार पनि पीडित भएको दीपकको भनाइ छ।

राज्यले निर्माण गरेको अपाङ्गता नियमावली अनुसारको अत्यावश्यक सेवा सुबिधा पाउन स्थानीय सरकारसँग निवेदन गर्दापनि प्राप्त गर्न नसकेकाले अब आफ्नो चाहना ‘इच्छामृत्यु’ भएको उनि बताउछन्। एकपटक प्रधानमन्त्रीलाई भेट्न पाए हुने भन्ने इच्छा दिपकको रहेको छ। ‘म एकपटक प्रधानमन्त्री ज्यू तपाईंसँग प्रत्यक्ष भेटी मेरो पीडा र आवश्यकताको यथार्थ अवगत गराउन चाहन्छु’ दीपक भन्छन्, प्रधानमन्त्री ज्यू एकचोटि तपाईँले मेरो ठाउँमा रहेर पीडाको महसुस गरेर हेर्नुहोस्।’

प्रधानमन्त्रीलाई भेटी आफू र आफूजस्तो परिस्थितिमा बाँच्न बा ध्य व्यक्तिहरूको हितका विषयमा कुरा गर्ने दीपकको चाहना छ। ‘यसै निवेदनमार्फत तपाईं माननीय प्रधानमन्त्रीसमक्ष हार्दिक अनुरोध गर्दछु। पक्कै पनिे भेट्ने वातावरण मिलाउनु हुनेछ भन्ने आशा राखेको छु।’ दीपकले फेसबुकमा लेखेका छन्।

सामाजिक संजालमा उनले लेखेको पोष्ट जस्ताको तस्तै तल राखिएको छ :

श्री माननीय प्रधानमन्त्री ज्यू,
नेपाल सरकार, सिंहदरबार काठमाडौं ।
बिषय:- प्रत्यक्ष कुरागर्ने ब्यवस्था मिलाइयोस् ।
पिडितलाई “सेवा सुबिधा” या “इच्छा मृत्यू” भन्ने सम्बन्धमा ।
————————————–
महोदय,
उपरोक्त बिषयको सम्बन्धमा म २०६६ सालमा दुर्घटनामा परि अपाङ्गता हुनपुगेको एक पुर्णअपाङ्ग व्यक्ति हुँ । म आफ्नो कुनै पनि काम आफै गर्न सक्दिन । मैले जीउनकोलागी चौबिसै घण्टा पुरै दोस्रो ब्याक्तीको साहारा लिनुपर्छ । अशक्तताका कारण म त पिडित छँदैछु साथै मेरो कारण परिवारजनलाई समेत पिडा छ ।

पहिले म सपाङ्ग (अपाङ्गता नहुदा) रहँदा र आज अपाङ्ग भैसकेपछीपनि आजको मितिसम्म मैले राज्यलाई तिर्नुपर्ने करहरु राज्यलाई भुक्तान गरेकै छु तथापि यस्तो अवस्थामापनि मैले राज्यबाट पाउनुपर्ने राज्यले निर्माण गरेको अपाङ्गता नियमावली अनुसारको आवश्यक सेवा सुबिधा प्राप्त गर्नकालागी पटकपटक स्थानीय सरकारसँग निवेदन गर्दापनी प्राप्तगर्न नसकेको कारण अब उप्रान्त मेरो एक मात्र बिकल्प “इच्छा मृत्यु”(Euthanasia) हो भनि रोजेको हुँ ।

तसर्थ, मेरो अन्तिम इच्छा पूरा गरिदिनुहोस् । म एकपटक प्रधानमन्त्री ज्यु तपाईंसँग प्रत्येक्ष भेटी मेरो पिडाको अवस्था र आवस्यकताको यथार्थता तपाईँलाई तपाईंकै आँखा अगाडि प्रत्येक्ष अवगत गराउन चाहान्छु । प्रधानमन्त्री ज्यु एकचोटि तपाईँले मेरो ठाउँमा रहेर मेरो पिडाको महसुस गरेर हेर्नुहोस् ।

मलाई देख्दैमा मात्रपनि तपाईंको मन कस्तो हुन्छ । तपाईंका आँखा कति रसाउछन् आत्मामा कति पोल्छ र खिन्नता महसुस हुन्छ त्यही समयले बताउछ । अनि तपाईंले मलाई देखेर महसुस गरेको पिडाको आधारमा म लगाएत म जस्तो पिडामा छट्पटि रहेका पीडितहरुकोलागी सहजताको प्रबन्ध गरिदिनोस् ।

म तपाईंसँग म र म जस्ता कठिन परिस्थितिमा बाँच्न बाध्य पिडित व्यक्तिहरुको हितलाई ध्यानमा राखी आवश्यक सेवा सुबिधाको समुचित प्रवन्ध मिलाउने बिसयमा प्रत्यक्ष कुराकानी गरि सर्वमान्य समाधान निकाल्न चाहान्छु । यसकोलागी यसै निवेदन मार्फत तपाईं माननीय प्रधानमन्त्री समक्ष हार्दिक अनुरोध गर्दछु ।

पक्कैपनि प्रधानमन्त्री ज्युले भेट्ने वातावरण मिलाउनु हुनेछ भन्ने आशा राखेको छु । आशा छ यस्तो गम्भीर बिसयमा प्रधानमन्त्री ज्यूको ध्यानाकर्षण हुनेछ र वार्तागर्ने अवसर मिल्नेछ । साथै यो निवेदन प्रधानमन्त्री ज्यु समक्ष पुर्‍याउनकोलागी मद्धत गरिदिनुहुनेछ भन्ने सबै मित्रहरूसँग आशा राखेकोछु ।

निबेदक
—–‐—–
दिपक प्रशाद भण्डारी
म्याग्दे गा.पा.७, तनहुँ जिल्ला , गण्डकी प्रदेश
पुनश्च :- यदि भेटमा भएको वार्तामा “इच्छा मृत्यु”को प्रावधान लागुगर्ने सहमती भएमा नेपालको इतिहासमा स्वैच्छिक मृत्युवरण गर्नेको लिष्टमा पहिलो नाम मेरो लेखिओस् भन्ने हृदयदेखि इच्छा व्यक्त गर्दछु ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!