Tuesday, January 18, 2022
Home > समाचार > धादिङमा बाटो खन्ने क्रममा पहिरोले डोजर पुरिएपछि अपरेटरसहित तीन जना बेपत्ता

धादिङमा बाटो खन्ने क्रममा पहिरोले डोजर पुरिएपछि अपरेटरसहित तीन जना बेपत्ता

काठमाडौ । धादिङमा बाटो खन्ने क्रममा डोजर पुरिदा ३ जना बेपत्ता भएका छन् । धादिङको रुबी भ्याली गाउँपालिकको वडा १ मा बाटो खन्ने क्रममा पहिरो खसेर दुर्घटना भएको हो । काम हुँदै गर्दा भएको दुर्घटनामा ३ जना बेपत्ता भएका हुन् । सुख्खा पहिरो डोजर माथि खसेको हो ।

पुरु भन्ने स्थानमा दुर्घटना भएको गाउँपालिकाकी उपाध्यक्ष बिना लामाले जानकारी दिइन्। दुघर्टनामा डोजरसहित डोजर अपरेटर, हेल्पर र एक जना स्थानीय वेपत्ता भएको खबर आएको छ, उपाध्यक्ष लामाले भनिन्, हामी घटनास्थलतर्फ जाँदैछौ। एक घण्टामा पुग्ला।

जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले आज बिहान साढे आठ बजे प्रहरीलाई पहिरोमा तीन जना पुरिएको खबर आएको र उद्धारको लागि टोली परिचालन गरिएको जानकारी दिए । ‘चालक, सहचालक र बाटो समितिका एक जना पुरिएको भनेर स्थानीयले खबर गर्नुभएको छ’ एसपी सिंहले भने, ‘विस्तृत विवरण आइसकेको छैन ।’

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बिहीवार बिहान उक्त घटना भएको हो। घटनाको विस्तृत विवरण आउन नसकेको प्रहरीले जनाएको छ। घटनास्थल विकट भएकोले फोन सम्पर्कसमेत नहुने उपाध्यक्ष लामाले बताइन्।

यो पनि, शीत लहरका कारण बुधबार विराटनगर विमानस्थलबाट बुधबार तोकिएका सबै उडान रद्द भएको छ । काठमाडौं(विराटनगरका १९ र विराटनगर(भैरहवाको एउटा गरी २० उडान रद्द भएको विमानस्थल प्रमुख उत्सव खरेलले बताए । शीत लहरका कारण मौसम नखुलेपछि सबै उडान र अवतरण रद्द भएको उनले बताए । मौसममा सुधार नभएपछि रात्रिकालीन उडान पनि रद्द भएको छ ।

विराटनगरबाट काठमाडौं बुद्ध एयरको ८, यती एयरलाइन्सको ६, श्री एयरलाइन्सको २ र सौर्य एयरलाइन्सको २ उडान हुने तालिका थियो । सौर्यकै विराटनगरबाट भैरहवाको एउटा फ्लाइटको सेड्युल पनि थियो । मौसममा सुधार नभएका कारण सबै उडान रद्द भएको खरेलले जानकारी दिए । शीतलहरका कारण भजिबिलिटी कम भएपछि बुधबारका उडान र अवतरण रद्द भएको हो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!