Tuesday, January 18, 2022
Home > भिडियो > पर्यटक आकर्षणको केन्द्र यी ब्यक्ति, पर्यटक हुदासम्म दिनभर उभिएर बस्छन्, अनि हिडेर जान्छन् (भिडियो हेर्नुहाेस्)

पर्यटक आकर्षणको केन्द्र यी ब्यक्ति, पर्यटक हुदासम्म दिनभर उभिएर बस्छन्, अनि हिडेर जान्छन् (भिडियो हेर्नुहाेस्)

पोखराको लेकसाइड आन्तरिक तथा बाह्य पर्यटकहरुको अत्याधिक चहलपहल हुने स्थान हो । फेवातालको किनारमा रहेको फुट ट्र्याकमा एक अनौठा मानिस केही दिन देखि भेटिए । मनोरञ्जनवाला भिडियो हेर्न तल क्लिक गर्नुहाेस्>>>

उनी पुरै गोल्डेन रंङ पोतेर बनाईएको पुत्ला जस्तै देखिन्छन । पुत्ला जस्तै हलचल नगरी धेरै समयसम्म उभिरहेको देख्ने जो कोहिलाई पनि लाग्छ कि यो पुत्ला नै हो । तर उनी पुत्ला नभएर जिउदो मानिस नै हुन । करिव ३/४ दिन अघिबाट उनी त्यहा आएर त्यसरी बस्न थालेको एक होटल संचालकले बताए ।

त्यहाँ घुम्न आउने थुप्रैले उनिसगँ फोटो खिचाएको देखिन्छ । तर फोटो खिचाउने सबैले उनलाई पुत्ला नै सोचेका रहेछन । लेकसाइडमा होटल गर्दै आएका सुजित थापाका अनुसार ती ब्याक्ती अंग्रेजी नयाँ वर्षको दिन बाट आफ्नो होटल अगाडि पट्टि रहेको खाली स्थानमा त्यसरी बस्न थालेको बताए । उनी १/२ घण्टा सम्म मुर्ती जस्तै हलचल नगरी एउटा पोजिसनमा उभिरहन सक्छन । उनको यस्तो प्रतिभा निकै अनौठो छ । यो संभवत नेपालमा पहिलो नै होला ।

उनी हुन ओखलढुंगाका अंकित साही । करिव १०/१२ वर्ष अघि देखि आफुले यहि कार्य गर्दै आएको उनले बताए । पहिले आफू ईन्डिया बस्ने र उतै गर्ने गरेको अंकितले बताए । तर नेपालमै केही नयाँ देखाउने इच्छा भएर २/३ दिन अघिबाट यहाँ आएर बसेको अंकितको भनाई छ । निरन्तर प्रयास गर्दै जादाँ सबै कुरा गर्न सकिने उनको भनाई छ । मनोरञ्जनवाला भिडियो हेर्न तल क्लिक गर्नुहाेस्>>>

यसरी उभिर हलचल नगरी दिन बिताउनु आफ्नो आदत नै भै सकेको अंकितले बताएका छन । आफुले यहि काममा १० वर्ष भन्दा धेरै समय बिताइसकेकोले गार्‍हो नलाग्ने अंकितको भनाई छ । आफू ईन्डियाबाट नेपाल आए पछि केही ब्यावसाय गरेर बसेको अंकितले बताए । लकडाउन पछि ब्यावसाय पनि बन्द भए पछि केही नया गरौँ भन्ने आफ्नो सोच भएको उनले बताए । मनोरञ्जनवाला भिडियो हेर्न तल क्लिक गर्नुहाेस्>>>

आफुले पहिले पनि यो काम गरेको हुनाले यसैलाई नेपालमै निरंतरता दिने सोच आएको हुनाले फेरि यहि काम गरेको उनको भनाई छ । अंकित उभिएको अगाडि एउटा उनकै ड्रेससग मिल्दोजुल्दो रङको बक्स पनि राखिएको देखिन्छ । आफ्नो इच्छाले सहयोग गर्ने मन हुनेहरुका लागि सहयोग गर्न उनले त्यो राखेका हुन । आफू दैनिक ११ बजे आएर ५ बजे फर्किने अंकित बताउँछन । पोखरामै बस्दै आएका अंकितको परिवारमा आमा र बहिनी रहेको बताए ।

अहिलेसम्म जसो तसो यहाबाट केही सहयोग गरेको पैसाले खान पुग्ने गरेको उनको भनाई छ । अहिले नेपालमा त्यति धेरै यश बारेमा थाहा नभएकोले यो के होला भने जस्तो थुप्रैले अचम्म मान्ने गरेको अंकितको भनाई छ । आफू त्यसरी बस्दा कतिपयले मान्छे नै हो भन्ने चिनेता पनि कतिपयले भने मुर्ती नै भन्ने सोचले फोटो खिचाएर जाने उनले बताए ।

भिडियो हेर्नुस

Leave a Reply

error: Please Dont Copy My Content!! !!