Tuesday, January 18, 2022
Home > प्रवास > नेपाली चेलीको दुर्गति: काममा नगएपछि जुत्तै फुकालेर युवतीहरूलाई कुटेपछि… (भिडियो हेर्नुस्)

नेपाली चेलीको दुर्गति: काममा नगएपछि जुत्तै फुकालेर युवतीहरूलाई कुटेपछि… (भिडियो हेर्नुस्)

पाथिभराअनलाइन । देशमा राजनैतिक परिवर्तनपछि नेपाली जनताले आफ्नै देशमा रोजगारकाे अवसर पाउनेछन् भन्ने लागेको थियो तर त्यस्तो भएन । खै नेपाली माटोमा जन्मेका नेताहरूको मानसिकतामा परिवर्तन नआएर हाे या नेपालमा अवसरहरू नभएर हुन् ०४६ सालपछि को आँकडा हेर्ने हो भने विदेश जानेको तथ्याङ्क नै अत्यास लाग्दो छ ।

खर्च कम लाग्ने, नजिकको विदेश भनेर चिनिएका साउदीअरव, कतार, दुबइ या मलेसिया नै हुन् । विशेष गरि साउदी अरव, कतार मुश्लिम देश भएकाले यी देशहरूमा जाने नेपाली कामदारहरूले भोगेको दुःख बयान गरि साध्य नै छैन । यसै पनि भनिएको होइन, मुश्लिमहरू क्रुर हुन्छन्, भन्ने कुरा कतिपय अरेवियन मुश्लिमहरूको मानवियता जिरो भएको देखेपछि प्रष्ट देखिन्छ । यसो भनेर सबै मुश्लिमहरूलाइ एउटै तराजुमा राखेर जोख्न भने कहाँ मिल्छ र?

पछिल्लो समय नेपाली चेलीहरू पनि यी खाडी मुलुकहरूमा रोजगारीका लागि जान थालेको देखिन्छ । घरका काम भनेर लगिन्छ र दिनरात घरको काममा खटिन बाध्य पारिन्छ । करिव दैनिक अठार घण्टा काममा लगाउने गरेको कुरा त ठुलो नै भएन । त्यसमा पनि मालिक भनाउँदाहरूले गर्ने दुर्व्यवहार पनि उत्तिकै पीडादायी हुन्छ । त्यसो त कति अरबियन मालिकहरूकाे विस्तारा नै बन्न परेका घटनाहरू पनि सामाजिक सञ्जालमा नआएका भने होइनन् ।

अरेवियन देशमा गएका नेपाली चेलीहरूकाे पीडा सुनिदिने लगभग कुनै पनि सँस्था छैनन् भन्दा गलत चैं मानिदैन होला । फेरि पनि अरव तिर स्थापना भएका सँस्थाहरूले केहि कतै कुरा उठाएकाे नपाइएका पनि होइनन् तर समाधान वा यस्ता घटना हुन नदिनका लागि उनिहरूसँग कुनै उपाय वा नियम कानुन नै हुदैन । तलको भिडियोमा हेर्नुस् । होस्टेलमा बसेका नेपाली चेलीहरूलाइ यी अरेबियन आएर जुत्ताले समेत हान्न पछि परेनन् ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!