Tuesday, January 18, 2022
Home > समाचार > मंगलवार कोभिड संक्रमणले बनायो रेकर्ड, काठमाण्डौ बन्यो हटस्पट

मंगलवार कोभिड संक्रमणले बनायो रेकर्ड, काठमाण्डौ बन्यो हटस्पट

काठमाण्डौ । नेपालमा फेरी कोभिड संक्रमितको संख्या उकालो लागेको छ । केही समय शान्त रहेको नेपालमा फेरि महामारीको संकेत देखिएको छ । सोमवार सम्म एक हजार माथि संक्रमित थपिएकामा मंगलवारको तथ्याकंमा दुई हजार

माथि देखिएको छ । केही दिनयता देशभर कोरोना भाइरस संक्रमितको संख्या बढ्दो क्रममा छ। पछिल्लो लहरमा बढेको कोभिडको संक्रमितको संख्यामा मंगलवार रेकर्ड बनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै थप २ हजार ४ सय ४४ जनामा संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएको छ।

यससँगै नेपालमा हालसम्म कोभिडबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६०७ पुगेको छ। यस्तै मंगलबार ३१३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल देशभर ९ हजार ५२२ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा १० हजार ६४८ पीसीआर तथा ४ हजार ३८५ एन्टिजेन परीक्षण भएको छ।

काठमाण्डौ उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थप १ हजार २८६ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा ९८०, भक्तपुरमा ८५ र ललितपुरमा २२१ जना संक्रमित थपिएका हुन्।

यो पनि हेर्नुहाेस्
काठमाण्डौ उपत्यकाका प्रजिअहरुको बैठकले संक्रमण नियन्त्रणका लागि बैठक, गोष्ठी र सेमिनारहरु भर्च्युअल माध्यमबाट गर्न आग्रह गरेको छ। बैठकपछि विज्ञप्ति जारी गर्दै प्रशासन कार्यालयहरुले भोतिक उपस्थतिमा यस्ता बैठक वा सभा सम्मेलन गर्नुपर्ने भएमा स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने बताएको छ ।

स्वास्थ्य मापदण्ड पालना गराउने दायित्व सम्बन्धित आयोजकको रहने र पालना नभएको पाइए कानुन बमोजिम कारबाही गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले अत्यावश्यक नपरी घरबाहिर ननिस्कन र निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न पनि सर्वसाधारणहरुसँग आग्रह गरेको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!