Tuesday, January 18, 2022
Home > समाचार > काठमाडौं उपत्यकामा आज एकैदिन थपिए यति धेरै संक्रमित!

काठमाडौं उपत्यकामा आज एकैदिन थपिए यति धेरै संक्रमित!

काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन १ हजार २ सय ८६ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टा काठमाडौं जिल्लामा ९ सय ८० संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ३ हजार ५२१ पुगेको छ । सोमबार काठमाडौंमा संक्रिय संक्रमित २ हजार ६५५ थिए । यस्तै, भक्तपुर जिल्लामा ८५ जना संक्रमित थपिएका छन् । सोमबार ६३३ सक्रिय संक्रमित रहेको जिल्लामा यो संख्या बढेर मंगलबार ६९९ पुगेको छ ।

ललितपुरमा २ सय २१ जना संक्रमित थपिएका छन् । जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ९० छ । सोमबार ९ सयजना सक्रिय संक्रमित थिए । मंगलबार देशभर २४ सय ४४ जना संक्रमित थपिएका छन् । काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का २ हजार ४४४ जना संक्रमित थपिएका छन् ।

जसमध्ये १० वर्षसम्मका बालबालिका ४० जना र ११ देखि २० वर्षका १७५ जना रहेका छन् । त्यस्तै, २१ देखि ३० सम्मका ६३६ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक पनि ४९९ जना रहेका छन् । ४१ देखि ५० वर्षका २८६, ५१ देखि ६० वर्षका १९५ जना, ६१ देखि ७० का ९७ जना छन् ।

त्यस्तै, ७१ देखि ८० वर्षका ३६ जना रहेका छन् । ८० वर्षमाथिका १३ जना संक्रमित भएका छन् । ४ जनाको उमेर खुलेको छैन । त्यसैगरी अहिले देशभर ९ हजार ५२२ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!