Tuesday, January 18, 2022
Home > समाचार > राजधानी नै बन्यो संक्रमणको ‘हटस्पट’ एकै दिन थपिए सयौं संक्रमित

राजधानी नै बन्यो संक्रमणको ‘हटस्पट’ एकै दिन थपिए सयौं संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा १४ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार पछिल्लो २४ घण्टामा ११ हजार चार सय २९ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा यो संख्यामा संक्रमित पुष्टि भएका हुन् ।

यस्तैगरी, संक्रमणबाट दुई जनाको मृत्यु भएको छ भने दुई सय ५५ जना मुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार नेपालमा हालसम्म संक्रमणबाट ११ हजार ६ सय ६ जनाको मृत्यु भएको छ ।

काठमाडौँ उपत्यका भाइरस सङ्क्रमणको हटस्पट बनेको छ । उपत्यकामा एकै दिन ८७६ जना भाइरस सङ्क्रमित थपिएका छन् । नयाँ थपिएका सङ्क्रमितमध्ये यो सङ्ख्या ६० प्रतिशतभन्दा बढी हो । काठमाडौँ जिल्लामा मात्र ६७५ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ललितपुरमा १३६ तथा भक्तपुरमा ६५ जना सङ्क्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यका बाहेक सोमबार सबैभन्दा धेरै मोरङमा ७२, कास्कीमा ५८, चितवनमा ४५, रुपन्देहीमा ४३ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै झापामा ३१, धनुषामा १८, मकवानपुर र दाङमा १६/१६ जना, कैलालीमा १४, पश्चिम नवलपरासीमा १३, सिरहा र बाँकेमा १२/१२ जना, काभ्रेपलाञ्चोकमा ११ तथा तनहुँ र स्याङजामा १०/१० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!