Tuesday, January 18, 2022
Home > अन्तराष्ट्रिय > लगातारको हिमपहिरोले लियो ३० जनाको ज्यान, सैयाैं मानिसहरू हिउँमै फँसे… (भिडियो हेर्नुहाेस्)

लगातारको हिमपहिरोले लियो ३० जनाको ज्यान, सैयाैं मानिसहरू हिउँमै फँसे… (भिडियो हेर्नुहाेस्)

पाकिस्तानमा हिउँमा पु’रिए’र कम्तिमा ३० जनाको मृत्यु भएको छ । राजधानी इस्लामावाददेखि उत्तरी क्षेत्रमा अवस्थित मुरी सहरको हिलटपमा हिउँ हेर्न पुगेका मानिस हिउँमा पु’रिँ’दा उनीहरुको मृत्यु भएको हो ।

हिमपातका कारण एक हजारभन्दा बढी सवारी साधन अलपत्र परेका छन् । मृत्यु हुनेमा प्रहरी, उनकी श्रीमति र उनीहरुका ६ सन्तान अर्काे पाँच जनाको परिवारसमेत छन् । हिउँका कारण अबरुद्ध सडक पन्छाउन र हिउँमा फँ’सेका व्यक्तिहरुको उद्दारमा सेना खटिएको छ ।

सो क्षेत्रमा ठूलो संख्यामा एकै पटक मानिसहरु भ्रमण गर्दा संकट निम्तिएको गृहमन्त्री शेख रशिदले बताएका छन् । पछिल्लो समयमा सो सहरमा एक लाखभन्दा बढी कार पुगेका थिए भने सामाजिक सञ्जालमा हिउँमा रमाएका मानिसका तस्बीर र भिडियो भाइरल भएका थिए ।

हिउँका कारण सयौं पर्यटकहरु अलपत्र परेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । बढ्दो हिमपात र सवारी चापका कारण सरकारले त्यहाँ वि’पद् घोषणा गरेको छ ।

भिडियोमै हेर्नुस्ः

एजेन्सी

Leave a Reply

error: Please Dont Copy My Content!! !!