Thursday, December 9, 2021
Home > समाचार > एकाबिहानै घट्यो दु:खद घटना: विवाहवाट फर्किरहेको जिप बससँग ठोकीदा ६ जनाको मृत्यु

एकाबिहानै घट्यो दु:खद घटना: विवाहवाट फर्किरहेको जिप बससँग ठोकीदा ६ जनाको मृत्यु

दाङ । पुर्व पश्चिम राजमार्ग अन्तरगत रिहारमा बस र जिप ठोक्कीदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाईते भएका छन् ।चितवन गीतानगरबाट बाँकेको सम्शेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो जिप र महेन्द्रनगरबाट काठमाडौं जादै गरेको ना ५ ख ४०९० नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो ।

स्कारपियोमा सवार आठजना मध्ये ६ जनाको मृत्यु भएको हो । दुईजना घाइतेलाई उपचारको लागि कोहलपुर लगिएको छ । विवाहवाट फर्किरहेको जिपमा दुलाहाका बुवा आमा र आफन्त थिए । मृत्यु हुनेमा दुलाहाको बुवा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ निवासी ५३ वर्षीय मानबहादुर केसी, ४५ वर्षीय आमा विमला खत्री, ४९ वर्षीय बिश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ३१ वर्षीय दिपककुमार खड्का, कोहलपुर नगरपालिका १२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्रीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ ।

दुर्घटनामा ४५ वर्षीय गीतादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर घाइते छन । बुवाआमा र आफन्न चढेको स्कारपियो दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुलहा र दुलही भने अर्को गाडीमा रहेकोले सुरक्षित रहेको वताईएको छ ।

मृतक सवैको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!