Tuesday, January 18, 2022
Home > मनोरञ्जन > ‘पुष्पा’लाई अमेजनले २२ करोडमा किन्यो

‘पुष्पा’लाई अमेजनले २२ करोडमा किन्यो

मुम्बई (बलिउड लाइफ) – दक्षिण भारतीय स्टार अल्लू अर्जून र अभिनेत्री रश्मिका मन्दानाको अभिनय रहेको फिल्म ‘पुष्पा’लाई ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोले २२ करोड रुपैंयाँमा किनेको छ ।

सुकुमार निर्देशित फिल्म चाँडै नै ओटीटीमा रिलिज हुने तयारीमा छ । फिल्म वृत्तमा यो रकमलाई निकै महंगो भनिएको छ । फिल्मले बक्सअफिसमा गरेको सफल कारोबारलाई मध्यनजर गर्दै निर्माताले यति ठूलो रकममा फिल्म बेचेका हुन् ।

फिल्मले अहिले पनि बक्सअफिसमा दमदार कमाई गरिरहेको छ । फिल्मले हिन्दी संस्करणमा ६० करोड बढी कमाई गरिसकेको छ । फिल्मले स्वदेश तथा विदेशमा गरी ३ सय करोड बढी कमाई गरिसकेको छ । फिल्ममा अल्लू निकै रस्टिक लुक्समा देखिएका छन् । फिल्मको कथा चन्दनको काठ तस्करीको कथामा आधारित छ ।

कोरोनामुक्त भए मेस्सी
अर्जेन्टिना– स्टार खेलाडी लियोनल मेस्सी कोभिड–१९ परीक्षण रिर्पोट नेगेटिभ आएसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) को प्रशिक्षणमा फर्किने भएका छन् । फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पीएसजीले मेसीको कोभिड टेष्ट पोजेटिभ आएसँगै अर्जेन्टिना फर्केको जनाएको छ ।

क्लबले कोरोना टेष्ट नेगेटिभ आएसँगै आगामी साता हुने लियोनसँगको खेलमा मेस्सी उपलब्ध हुनसक्ने जनाएको छ । संक्रमणकै कारण मेसीले सोमबार कप डे फ्रान्सअन्तर्गत भेनासविरुद्धको खेल गुमाएका थिए । किलियन एमबाप्पेले ह्याट्रिक गरेपछि पिएसजीले भेनासमाथि ४–० को सहज जित निकालेको थियो ।

गत अगष्टमा स्पेनिस क्लब बार्सिलोनाबाट फ्रेन्च क्लब भित्रिएका मेसी लिग वानमा लय भेट्टाउन संघर्षरत छन् । पिएसजीबाट १६ खेल खेलेका ३४ वर्षीय मेसीले ६ गोल र चार असिस्ट गरेका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!