Tuesday, January 18, 2022
Home > अन्तराष्ट्रिय > डेनमार्कमा ओमिक्रोनबाट एकैदिन यतिका विरामीको निधन भएपछि…

डेनमार्कमा ओमिक्रोनबाट एकैदिन यतिका विरामीको निधन भएपछि…

डेनमार्कमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट कम्तीमा पनि १८ जनाको मृत्यु भएको बताइएको छ ।

यहाँका स्वास्थ्यकर्मीहरुले गत नोभेम्बरको अन्तिमदेखि डिसेम्बर महिनाको अन्तिमसम्म यहाँ ओमिक्रोनबाट मात्र १८ जनाको मृत्यु भएको बताएका छन् । डेनमार्कसहित फ्रान्स, ग्रीस, पोर्चुगल, इटाली, बेलायतलगायतका अन्य युरोपेली देशमा पछिल्ला हप्ताहरुमा उच्च संख्यामा सङ्क्रमित भेटिएका समाचारहरु आइरहेका बताइएको छ ।

पछिल्ला दिनहरुमा क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसहरुको जमघटका कारण पनि युरोपमा कोभिड तीव्र गतिमा फैलिएको बताइएको हो । यता डेनमार्कमा भने ओमिक्रोनको सङ्क्रमण बढ्दै गएको अधिकारीहरुले जानकारी दिएका छन् । –सिन्ह्वा

सर्वोच्च अदालत भित्रै अ’परा’धीलाई चु’म्ब’न
एजेन्सी – अर्जेन्टिनाकी एक न्यायाधीशले प्रहरी ह -त्याका अभियोगीलाई चु’म्ब’न गरेको र उनलाई ज’न्म कै’दको सजायबाट जोगाउन खोजेको खुलासा भएको छ । एउटा सीसीटीभी फुटेजमा न्यायाधीशले अभियोगीलाई पटक पटक चु’म्बन गरेकी देखिन्छन् ।

मारियल सुअरेज नाम गरेकी न्यायाधीशले ट्रिलिउ सहरनजिकैको जेलमा रहेका कैदी क्रिष्टिनय माई बुस्टोसलाई चु’म्बन गरेकी हुन् । एक साताअघि मात्र न्यायाधीशहरुको एउटा प्यानलले प्रहरी अधिकारीको ह ‘त्या गरेको अभियोग लागेका बुस्टोसमाथि हुने सम्भावित ज’न्म कै’दको सजायबारे छलफल गरेको थियो । प्यानलमा सुअरेज पनि थिइन् । बुस्टोसले सन् २००९ मा प्रहरी अधिकारीको ह -त्या गरेका थिए ।

सुअरेज बुस्टोसलाई ज’न्म कै’दविरुद्ध बोल्ने एक मात्र न्यायाधीश थिइन् । बुस्टोस निकै ख’तर’ना’क कै’दी भएको प्यानलका अन्य सदस्यहरुले बताएका थिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!