Tuesday, January 18, 2022
Home > जीवनशैली > कतै तपाई पनि ऐश्वर्या राय भनेर झुक्किनुभयो कि? को हुन् यी ऐश्वर्या जस्तै देखिने युवती?

कतै तपाई पनि ऐश्वर्या राय भनेर झुक्किनुभयो कि? को हुन् यी ऐश्वर्या जस्तै देखिने युवती?

एजेन्सी । विश्वकै सुन्दर अभिनेत्रीमध्येकी एक ऐश्वर्या राय बच्चनको सुन्दरताले जो कसैलाई पनि आकर्षित गर्छ । तर जब ऐश्वर्याको जस्तो देखिने तस्विर र भिडियो इन्टरनेटमा देखा परेका छन् जसले मानिसलाई विश्वास गर्न कठिन बनाएको छ । यि नयाँ ऐश्वर्या रायको नाम आमना इमरान हो र उनी पाकिस्तानकी हुन् ।

ऐश्वर्या जस्तै देखिने आमना फेरी भइन् भाइरल
नयाँ वर्षको अवसरमा ऐश्वर्या राईजस्तै देखिने आमना इमरानले आफ्ना भिडियो र तस्बिर पोस्ट गर्दा एकपटक फेरि सोसल मिडिया प्लेटफर्ममा हावी भइन् । आमनाको सौन्दर्य र ऐश्वर्या जस्तो देखिने भएकाले उनी इन्टरनेटको दुनियामा निकै चर्चित भइन् । धेरै प्रयोगकर्ताले उनको तस्बिर र भिडियोमा कमेन्ट गर्दै ऐश्वर्या राई भनेका छन् ।

आमनाको नयाँ तस्विरमा कमेन्ट गर्दै एक प्रयोगकर्ताले उनको प्रशंसा गर्दै भने( ऐश्वर्या जस्तै। माशाल्लाह। उनको भिडियोमा अर्का एक प्रयोगकर्ताले कमेन्ट गरे– तिमी ऐश्वर्या राय जस्तो देखिन्छौ ।

यसै क्रममा अर्का एक प्रयोगकर्ताले आमनाको नयाँ वर्षको भिडियोमा कमेन्ट गर्दै उनलाई नयाँ वर्षको शुभकामना दिएका छन् । प्रयोगकर्ताले लेखेका छन्( नयाँ वर्षको शुभकामना ऐश्वर्या राय मैम।

को हुन् ऐश्वर्या रायजस्तै आमना ?
आमना इमरान पाकिस्तानी ब्लगर हुन्। आमना ऐश्वर्या राय जस्तै देखिन्छिन् । ऐश्वर्या राईजस्तो लुकका कारण आमनाका तस्बिर र भिडियोहरूले इन्टरनेटमा हावी छिन् । आमनाका इन्स्टाग्राममा २६ हजारभन्दा बढी फलोअर्स छन् । उनका भिडियोहरु पनि निकै रुचाइएका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!