Thursday, December 9, 2021
Home > खेलकुद > थ्री–स्टार र मदन भण्डारी एकेडेमीबीचको खेल वर्षाका कारण स्थगित

थ्री–स्टार र मदन भण्डारी एकेडेमीबीचको खेल वर्षाका कारण स्थगित

डिसी नेपाल / बुटवल ।

बुटवलमा जारी तेस्रो मदन भण्डारी गोल्डकपको पहिलो समिफाइनल खेल स्थगित भएको छ । ललितपुरको थ्री–स्टार फुटबल क्लव र आयोजक मदन भण्डारी एकेडेमीबीच तय भएको खेल वर्षाका कारण हुन नसकेको हो ।

खेललाई आईतबारको लागि सारिएको छ । अब शनिबार हुने अर्को सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लवले साविक विजेता सुनौलो संगम क्लवसँग प्रतिस्पर्धा गर्नेछ । आठ टोली सहभागी प्रतियोगिताको विजेताले उपाधि सहित १५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!