Monday, July 12, 2021
Home > समाचार > कतार उड्न लागेका युवा त्रिभुवन विमानस्थलबाट पक्राउ

कतार उड्न लागेका युवा त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमडौँ- गाँजासहित कतार उड्न लागेका एकजना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३२ वर्षीय मानसिंह सरदार थारु रहेका छन् ।थारुलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो ।नेपाल एयरलाइन्सको उडानबाट कतारको दोहा उड्न लागेका मोरङको वलिगामा–४ बस्ने ३२ वर्षीय मानसिंहविमानस्थलको प्रस्थान कक्षस्थित एक्सरेमा जाँच गर्ने क्रममा उक्त परिमाणका गाँजा प्लास्टिकमा पोको पारेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छबानेश्वरमा बैंकको एटिएम तोडफोड गर्ने किशोर रडसहित पक्राऊ, बैंक रहेको भवनमा शंकास्पद अवस्थामा प्रवेश गरेपछि पक्राउ गर्यो प्रहरीले

काठमाडौँ – मुक्तिनाथ विकास बैंक बानेश्वर शाखाको एटिएम तोडफोड गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं ३१ देउराली क्लबमा बस्ने १८ वर्षीय किशोर यादव रहेका छन् ।सिरहाको सुखीपुर नगरपालिका ६ स्थाइ घर भउका किशोर लाई घटना भएको करिब २ हप्तापछि पक्राउ गरेको हो।बैंकले प्रहरीसमक्ष एटिएम तोडफोड भएको जानकारी गराऊँदै उजूरी दिएको थियो ।प्रहरीले सोमबार साँझ करिब ६ वजेको समयमा उक्त बैंक रहेको भवनमा शंकास्पद अवस्थामा प्रवेश गरेका यादवलाई नियन्त्रणमा लिई अनुसान्धन गर्दा साथमा फलामको रड भेटेपछि पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। यादवमाथि थप अनुसन्धान गर्दा एटिएम तोडफोड गरेको स्वीकार गरेका हुन्।

Leave a Reply

error: Please Dont Copy My Content!! !!