Thursday, July 15, 2021
Home > समाचार > हत्यार स्वीकार गरेका प्रदीप रावलले फेरी यस्तो भन्न थालेपछि सबै परे चकित

हत्यार स्वीकार गरेका प्रदीप रावलले फेरी यस्तो भन्न थालेपछि सबै परे चकित

निर्मलाको बलात्कार र हत्यामा संलग्न भएको आशंकामा पक्राउ गरिएका अर्का युवकले पनि बयान फेरे, प्रहरी महानिरिक्षक सर्वेन्द्र खनासँग अपराध स्विकारेका युवकले अहिले ‘मलाई काटे नि काट्नुस्, मारे नि मार्नुस्, मैले बलात्कार गरेकै होइन भन्न थाले काठमाडौँ । कन्चनपुरकी तेह्र वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न भएको आरोमा पक्राउ परेका शंकास्पद भनिएका प्रदीप रावलले घटना अस्विकार गरेका छन् । पक्राउ परे लगत्तै आईजीपी सर्वेन्द्र खनालसँगको बयानका क्रममा घटना स्वीकार गरेका रावलले पछिल्लो दिनमा आएर घटना आफूबाट भएको अस्विकार गर्न थालेका छन्।

पहिले बयानका क्रममा घटनामा आफू संलग्न भएको बताएका रावलले यतिबेला आफू झ्याप भएको र केहि थाहा नभएको बताउन थालेको सीआईबी स्रोतले जनाएको छ । पछिल्लो समय बयान फेर्दै रावलले ‘मलाई काटे नि काट्नुस्, मारे नि मार्नुस्, मैले हुँदै होइन् भन्न थालेको स्रोतले जनाउको छ । सामूहिक बलात्कारपछि हत्या गरेको आशंकामा निर्मलाका छिमेकी प्रदीप रावल काठमाडौँबाट र अर्का बालक विशाल चौधरीलाई उनकै बयानको आधारमा प्रहरीले पक्राउ गर्यो।अनुसन्धानको क्रममा काठमाडौँबाट पक्राउ परेका रावलको र चौधरीको संलग्नताको धेरै आधार देखिपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल सोधपुछ गर्न आँफै सिआईबीमा पुगेका थिए ।

निर्मलाका हत्यारा भनिएका प्रदिप रावल उनको हत्या हुँदा कुखुरा चोरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेको तर्क पनि गरिएको छ । प्रदीपले चोरीमा मुछेपछि निर्मलाको हत्या भएको एक घण्टाभित्र विशाललाई घरबाटै पक्राउ गरेर रातभर थुनिएको थियो । समचारमा आएजस्तो प्रदिप भारत नगएको स्थानीय बताऊछन् । निर्मला हत्याकाण्डको एक महिनापछि प्रदीपलाई काठमाडौं ल्याइएको पनि कतिपयको भनाई छ

Leave a Reply

error: Please Dont Copy My Content!! !!