Thursday, December 9, 2021
Home > मनोरञ्जन > ब्वाइफ्रेण्डसँग लुकीलुकी कार्यक्रममा पुगेकी साम्राज्ञीलाई मिडियाले पछ्याएरै भगाए (भिडियो)

ब्वाइफ्रेण्डसँग लुकीलुकी कार्यक्रममा पुगेकी साम्राज्ञीलाई मिडियाले पछ्याएरै भगाए (भिडियो)

काठमाडौँ । चलचित्र मारुनीको कार्यक्रममा प्रेमीका साथमा आएपनि आखिर नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र उनका प्रेमीको किन चल्यो लुकामारी ? आजको यस हिट नेपालले तयार पारेको एक विशेष रिपोर्ट आमी देखाउँदैछौँ यस भिडियोमा ।

हिजो काठमाडौँमा नयाँ नेपाली चलचित्र मारुनीको औपचारिक घोषणा गरेको छ । निकै नै भव्य कार्यक्रमको बिच यो सिनेमाको घोषणा गरिएको हो । पुनम गौतमले निर्माण गर्न लागेको चलचित्रलाई नवल नेपालले निर्देशन गर्दैछन् ।

यो सिनेमाको घोषणा कार्यक्रममा विशेषगरी यसमा जुन तरिकाको स्टेज कार्यक्रम प्रस्तुत गरिएको थियो त्यो विशेष आकर्षणको रुपमा रह्यो र साथमा नायिका साम्राज्ञी र उनका प्रेमी देवाशुं जंग बहादुर राणाको जुन खालको एउटा लुकामारी देखियो त्योपनि एउटा विशेष आकर्षणको रुपमा रहेको थियो ।

नायिका साम्राज्ञि कार्यक्रम सुरु हुनुभन्दा केही समय अगाडि मात्र आफ्ना प्रमीको साथमा कार्यक्रममा प्रवेश गरेकी थिइन् र कार्यक्रममा प्रवेश गरेसँगै उनीहरु छुटाछुटै बसेका थिए । कार्यक्रम सकेपछि पनि उनीहरु एउटै फ्रेममा बसेर फोटो खिच्न भने मिडियासँग मानेनन् ।

तर, जानेबेलामा मिडियाहरुले उनीहरुसँगै जान लागेको स्वीँको पायो त्यसपछि भने उनीहरुको गाडीको नजिकै गएर कुरिरहेका मिडियाको आँखा छल्नको लागि साम्राज्ञी केही अगाडिसम्म स्कुटरमा गइन् र उनका प्रेमी गाडीमा गएका थिए ।

थप जानकारीको लागि हिट नेपालले तयार पारेको यो भिडियो रिर्पाेट हेर्नुस्

Leave a Reply

error: Please Dont Copy My Content!! !!