Sunday, July 11, 2021
Home > भिडियो > शिल्पा पोखरेल स्टार एक्सन फिल्म ‘वीराङ्गना’ युट्युबमा सार्वजनिक, पुरै फिल्म हेर्न तल क्लिक गर्नुहाेस

शिल्पा पोखरेल स्टार एक्सन फिल्म ‘वीराङ्गना’ युट्युबमा सार्वजनिक, पुरै फिल्म हेर्न तल क्लिक गर्नुहाेस

यहि वर्षको असार २९ गते प्रदर्शनमा आएको चलचित्र वीराङ्गनाु युट्युबमा सार्वजनिक गरिएको छ । अभिनेता अनुप विक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल स्टार एक्सन फिल्म ‘वीराङ्गना’ हिजो मात्रै साइराम पिक्चर्सको युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

घोडा र बाँदर सहित प्रयोग गरिएको यस फिल्ममा एक्सन र रोमान्टिक अवतारमा प्रस्तुत भएका थिए अभिनेता पुथ्वीराज प्रसाईँ । अनुप, शिल्पा र पुथ्वीराज बाहेक यस फिल्ममा प्रज्वल गिरी, शुशिल पोखरेल, ध्रुव कोईराला, प्रिया रिजाल, धिरेन शाक्य, कृष्ण शिवाकोटी, देव तामाङलगायतका कलाकारहरुको समेत अभिनय रहेको छ ।

‘वीराङ्गना’ लाई राजबहादुर सानेले निर्देशन गरेका हुन् । कथा पनि निर्देशक स्वयमको रहेको छ । यो फिल्म फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले संयूक्त रुपमा निर्माण गरेका हुन् । यसमा सुमी चामलिङ राई सह९निर्माता रहेकी छिन् ।

फिल्ममा दिपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन तथा हरि घले लामा र रामेश्वर कार्कीको छायांकन रहेको छ ।

पुरै फिल्म हेर्नुहाेसः

Leave a Reply

error: Please Dont Copy My Content!! !!