काठमाडौं । चलचित्र लिलीबिली चैत्र ३० गते देखि रिलिज भएको छ। नायक प्रदीप खड्काको स्टारडम र नवनायिका जसिता गुरुङको अभिनयले दर्शकलाई हलसम्म तानिरहेको छ।अर्का लोकप्रिय कलाकार दयाहाङ राईले अभिनय गरेको चलचित्र ‘नेप्टे’ पनि अहिले प्रदर्शनमा आएको छ।यतिबेला लिलीबिलीकारण नेप्टे छायाँमा परेको छ। नेप्टेका निर्माता रोहित रुम्बाका अनुसार, वितरकहरुले उनलाई
हलहरु प्रशस्त मात्रामा दिने बताएतापनि नेप्टेले प्रशस्त हल पाएको छैन।ठूला सिनेमा हलहरुले आफ्ना साना हलमा नेप्टे लगाइरहेका छन् भने ठूला हलमा लिलीबिली लगाएका छन।
रोहितले लिलीबिलीले १५ लाख घुस खुवाएर नेप्तेको हल खोसेको आरोप समेत लगाएका छन्। उनका अनुसार, उनले अरु मार्फत यो कुरा थाहा पाएका हुन् र त्यसको प्रमाण खोज्नको लागि उनी लागिपरेका छन्।