Tuesday, January 18, 2022
Home > बिजनेस > यति धेरै बढ्य डलरको मूल्य, यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर

यति धेरै बढ्य डलरको मूल्य, यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर

आज सोमबार एक अमेरिकी डलरको बिक्रीदर १२२.०४ रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आजको विनिमयदर तोक्दै एक डलरकै मूल्य १२२.०४ रुपैयाँ पुगेको बताएको हो । यस्तै, आज डलरको बिक्री मूल्य १२१.४४ रुपैयाँ छ ।

यता एक यूरोको बिक्री मूल्य १३७.१९ र खरिद मूल्य १३६.५१ रुपैयाँ तोकिएको छ भने पाउण्ड स्र्टलिङको बिक्रीदर १६१.६६ र खरिददर १६०.८७ रुपैयाँ छ । सिंगापुर डलरको बिक्रीदर ८९.२६ रुपैयाँ र खरिददर ८८.८२ रुपैयाँ कायम छ । यस्तै, १० जापानी येनको बिक्रीदर १०.७३ रुपैयाँ हुँदा खरिद दर १०.६८ रुपैयाँ छ ।

चिनियाँ युवानको बिक्रीदर १९.१४ रुपैयाँ र खरिद १९.०५ रुपैयाँ कायम छ । यसैगरी, साउदी रियालको बिक्री मूल्य ३२.५२ रुपैयाँ र खरिद मूल्य ३२.३६ रुपैयाँ तथा कतारी रियालको बिक्री दर ३३.५२ र खरिददर ३३.३५ रुपैयाँ छ । ३३.२३ रुपैयाँ बिक्री मूल्य कायम भएको संयुक्त अरब इमिरेट्स (यूएई)को दिरामको खरिद मूल्य ३३.०६ रुपैयाँ छ । यसैगरी, मलेसियन रिंगटको बिक्री दर २८.९२ र खरिददर २८.७८ रुपैयाँ छ ।

हेर्नुहाेस्…

टिममा सबैका लागि ढोका खुला छ
काठमाडौं : ज्ञानेन्द्र मल्ललाई हटाउँदै सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ कप्ताको जिम्मेवारी तोकेसँगै नेपाली क्रकेट वि’वादमा फसेको छ । मल्लसहितका खेलाडीलाई क्यानले कारबाही गरेपछि राष्ट्रिय स्तरमा यसको चर्चा र विरोध भइरहेको छ । यसैबीच नयाँ कप्तान नियुक्त भएका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आफूलाई कप्तान नियुक्त गरिएकोमा खुसी व्यक्त गरेका छन् ।

उनले आइतबार सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका हुन् । उनले नेपाल क्रिकेट टोलीको नेतृत्व गर्ने अवसर पाएकोमा सम्मानित भएको उल्लेख गरेका छन् र आफूलाई नि: शर्त समर्थनका कृतज्ञता ज्ञापन गरेको जानकारी दिए ।

‘छातीमा नेपालको झण्डा बोक्ने मेरो सपना थियो र अब नेपाल क्रिकेट टोलीको नेतृत्व गर्ने अवसर पाएकोमा सम्मानित छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘म क्यान, नेपाली जनता र विश्वभरिका सबै फ्यानहरूलाई उनीहरूको निःशर्त समर्थन र प्रार्थनाको लागि कृतज्ञ छु ।’

Leave a Reply

error: Please Dont Copy My Content!! !!