Wednesday, December 8, 2021
Home > समाचार > आइपुग्यो राष्ट्रपतिको नयाँ कार, मुल्य कति ?

आइपुग्यो राष्ट्रपतिको नयाँ कार, मुल्य कति ?

काठमाडौं, २५ मंसिर । राष्ट्रपति बिद्या भण्डारीका लागी १८ करोडको गाडी किन्ने चर्चाले चौतर्फी आलोचना खेपिरहेको बेला ५५ लाख रुपैयाँ बराबरको नयाँ विद्युतीय कार खरीद गरिएको छ ।

७० औं विश्व मानवअधिकार दिवसका अवसरमा प्रधानमन्त्री केपी ओलीले सोमबार सिंहदरबारमा आयोजना गरेको जलपान समारोहमा राष्ट्रपति नयाँ विद्युतीय कारमा आएकी थिइन् ।

उक्त कारको मूल्य ५५ लाख रुपैयाँ मात्रै रहेको गृह मन्त्रालय स्रोतले जानकारी गराएको छ ।यसअघि राष्ट्रपति कार्यालयको प्रयोजनका लागि करिब १४ करोड रुपैयाँका विभिन्न मोडलका ६ वटा कार किन्ने नेपाली सेनाले जनाएको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!