Tuesday, January 18, 2022
Home > जीवनशैली > एउटा हात नभएकि टिकटकमा भाइरल कोमलले पाइन यति ह्याण्डसम श्रीमान (भिडियो हेर्नुस्)

एउटा हात नभएकि टिकटकमा भाइरल कोमलले पाइन यति ह्याण्डसम श्रीमान (भिडियो हेर्नुस्)

पछिल्लो समय सामाजिक संजालमा निकै चर्चामा रहेकी कोमल एन पिले बिबाह गरेकी छिन । एक हात नभएकी कोमल टिकटक तथा सांगीतिक क्षेत्रमा निकै चर्चामा रहेकी थिइन । आयानसगँ बिबाह गरेको कोमलले केही समय अगाडि आफू प्रेममा रहेको बताएकी थिइन । आफुहरु केही महिना प्रेम सम्बन्धमा रहेर बिबाह गरेको उनले बताएकी छिन । अन्तर्जातिय बिबाह गरेकी कोमलले आफू अहिले धेरै खुशी भएको र दुबैको परिवारले अहिले स्वीकार गरेको पनि बताईन ।

प्रेम सम्बन्धको बारेमा भने आफुहरु फेसबुक मार्फत चिनजान र कुराकानी हुँदै प्रेम सम्बन्धमा रहेको आयानले बताए । आफुले कोमलसगँ प्रेम सम्बन्धको सुरुवात गर्दा केही झोटो बहाना पनि गरेको रमाइलो कहानी सुनाए । सांगीतिक क्षेत्रमा निकै चर्चामा रहेकी कोमललाई आफुले आफ्नो झुटो जन्मदिन मनाएर बोलाएको पनि बताए । फेसबुकमा सामान्य कुराकानी भएता पनि त्यही झुटो जन्मदिन कोमलसगैँ मनाए पछिबाट भने आफुहरु नजिक भएको आयन बताउँछन ।

अन्तरजातिय बिबाह भएका कारण त्यति ठूलो बिबश भने नभएको कोमलले बताईन । अशोजको अन्तिम दिन राती १० बजे तिर सामान्य रुपमा आफुहरुको बिबाह भएको कोमलले बताईन । फेसबुकमा कुराकानी गर्दा एउटै ठाउँको भएकोले पनि आफुहरुको प्रेम सम्बन्ध पछी बिबाह छिटो भएको कोमल बताउँछिन । आयनको अरुलाई सम्मान गर्ने र ख्याल राख्ने बानी आफुलाई धेरै मन पर्ने भएकोले त्यही कुराले नै आयान प्रती आफू आकर्षित भएको उनले बताईन ।

मागी बिबाह भन्दा पनि एक अर्कालाई बुझेर बिबाह गर्ने आफ्नो सोच भएकोले पनि आयानसगँ आफ्नो बिबाह भएको उनले बताईन । आयनसगँ प्रेम सम्बन्ध हुँदै गए पछि आफुले आयनको बारेमा सबैकुरा बुझ्दै जादाँ मन परेर नै बिबाहको लागि तयार भएको उनको भनाई छ । आयानले भने कोमलको केही गर्न सक्छु र गर्नु पर्छ भन्ने हिम्मत र सबैसगँ खुलेर कुरा गर्ने बानी आफुलाई मन परेको बताए । अपांग भएता पनि उनले हिम्मत नहारी काम गरेर अहिले यो स्थानमा आएको उनले बताए ।

उनिहरु दुबैले आफुहरु जिन्दगीभर एक अर्कालाई साथ दिने कसम खाएर नै बिबाह गरेको बताए । श्रीमान श्रीमतिको सम्बन्धमा एक अर्का बिच बिश्वास र माया भए कसैले छुटाउन नसक्ने बताए । आफुहरुले एक अर्कालाई राम्रोसगँ बुझेको र एक अर्काको बिचारलाई सम्मान पनि गर्ने भएकोले नै यसरी मन मिल्न सकेको यो सधै रहिरहने बताए । घर परिवारमा सुरुमा केही समस्या भएको भएता पनि अहिले सबै बुझे पछि उहाहरुले पनि आफुहरुलाई स्विकार गरि माया गरेको बताए ।

भिडियो हेर्नुसः

Leave a Reply

error: Please Dont Copy My Content!! !!