Tuesday, January 18, 2022
Home > बिजनेस > सुनको भाउ एकै दिन यति धेरैले वृद्धि

सुनको भाउ एकै दिन यति धेरैले वृद्धि

बिहीबार नेपाली बजारमा सुनचाँदीको बजार भाउ आकाशियको छ । गत बुधबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापा वाला सुन बिहीबार एकैदिन अधिकतम् एक हजार रुपैयाँले वृद्धि हुँदै ९४ हजार रुपैयाँ पुगेको हो ।

यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा एक हजार रुपैयाँले नै वृद्धि हुँदै ९३ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य भने गत बुधबारको मूल्यमा तोलामा १५ रुपैयाँले वृद्धिहुँदै आज एक हजार २५० रुपैयाँ पुगेको छ । गत बुधबार चाँदी प्रतितोला एक हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।

बेलायतमा कोभिडबाट एकै दिन ८८ हजार संक्रमित, ओमिक्रोनको प्रकोप बढ्दो
बेलायतमा दैनिक कोभिड संक्रमितको संख्या अहिलेसम्मकै उ’च्च देखिएको छ । पछिल्लो २४ घन्टामा ८८ हजार नयाँ संक्रमित भेटिएका छन् । यो बेलायतमा कोभिड देखिएपछि अहिलेसम्मकै उ’च्च संक्रमितकाे संख्या हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएसँगै बेलायतमा दैनिक संक्रमितको संख्या दिनहुँ बढिरहेको छ ।

बेलायतमा कोभिडका कारण आगामी पाँच महिनामा कम्तिमा ५० हजारदेखि बढीमा ७५ हजार जना मानिसको मृत्यु हुन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरुले चे’ताव’नी दिएका छन् । संक्रमण ती’व्र फै’लिएको भन्दै सावधानी अप्नाउन प्रधानमन्त्री बोरिस जोनसनले आह्वान गरेका छन् । नयाँ भाइरसको संक्रमण बढेसँगै सरकारले १८ वर्षदेखि माथिका सवैलाई बुस्टर डोज दिने तयारी गरेको छ ।

करिब ६ करोड ७० लाख जनसंख्या भएको बेलायतमा कोभिडबाट अहिलेसम्म एक करोड १० लाख संक्रमित भएका छन् । कोभिडबाट एक लाख ४७ हजारको मृत्यु भइसकेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!