Sunday, December 5, 2021
Home > समाचार > इलामकाे कमलटारबाट अायो यस्तो दुःखद घटनाकाे खबर

इलामकाे कमलटारबाट अायो यस्तो दुःखद घटनाकाे खबर

ईलाम / ईलामको माई नगरपालिका ३ कमलटारमा आगलागी हुँदा अन्दाजी १८ लाख मूल्य बराबरको क्षति भएको छ । सोमवार राती १० बजे माई नगरपालिका ३ कमलटारका ७० बर्षीय दिलबहादुर लावतीको काठ र टिनको छानो भएको ३ तले घरमा बिद्युत सर्ट भई अचानक आगलागी भएको थियो ।

आगलागीबाट घर, घर भित्र रहेको खाद्यान्न, लत्ताकपडालगायत सम्पूर्ण सामान जलेर नष्ट भएको छ । आगलागी भएको भन्ने खबर प्राप्त भएसँगै तत्काल प्रहरी चौकी दानाबारीबाट गएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा राती आगालगी पूर्ण रुपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!