Thursday, December 9, 2021
Home > समाचार > भर्खरै आयो यस्तो खबर, प्रहरीले गर्यो यस्तो काम

भर्खरै आयो यस्तो खबर, प्रहरीले गर्यो यस्तो काम

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणका दोषी अहिलेसम्म पक्राउ नपर्दा आलोचित भइरहेको प्रहरीले त्यस्तै जटिल एउटा हत्या प्रकरणका कसुरदारको भने पहिचान गरिसकेको छ ।भदौ ४ गते बबरमहलस्थित आफ्नै घरमा मारिएका फ्रान्सका निम्ति पूर्वराजदूत केशव झाको हत्यारा पहिचान भएको, तर प्रमाण र कारणसम्बन्धी सबुत नहुँदा प्रहरी अलमलमा परेको हो ।

लामो समयको अनुसन्धानपछि उनकै घरमा गार्ड र भान्सेको काम गर्ने सानु तामाङ उक्त हत्याको एकल कारक ठहर भएका छन् । प्रहरीले घटनालगत्तै अनुसन्धान क्रममा ४८ वर्षीय गार्ड तामाङसहित ५३ वर्षीय माली आइतेसिंह तामाङ र ५६ वर्षीय जयबहादुर गुरुङलाई नियन्त्रणमा लिएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीको जर्मन सेफर्ड कुकुर म्याक्सले गार्ड तामाङतिर नाक सोझ्याएको तर, हत्या गरेको सबुत फेला नपर्दा र निरन्तर इन्कारी बयान दिँदा उनी पक्राउ परेर पनि छुटेका छन् ।

महानगरीय प्रहरी कार्यालयमा गरिएको पोलिग्राफ विधिको बयानका क्रममा धेरै कुरा ढाँटेका थिए । अहिले प्रहरीले उनको भूमिका प्रमाणित गर्ने दुईवटा आधार तयार पारेको छ । एक हो, हत्यामा प्रयोग भएको चक्कु भान्साबाट ल्याइएको र उनी आफैं भान्से रहेको । अर्को हो, सिरानी । पूर्वराजदूत झाले अघिपछि प्रयोग गर्ने सिरानी हत्या हँदा उनकै कोठामा दुरुस्तै थियो । उक्त सिरानी भने उनै गार्डले गेटसँगैको टहरामा सुत्दा प्रयोग गर्ने गरेको खुलेको प्रहरीस्रोतको दावी छ । उनी केही समय भारतमा सेफको जागिर खाएर नेपाल फर्किएका हुन् । करिव १० वर्षदेखि झाको घरमा कार्यरत थिए । हत्यालगत्तै पक्राउ परेको बेला सार्वजनिक मुद्दामा आठ हजार धरौटी तिरी जिल्ला प्रशासनबाट मुक्त भएका तामाङविरुद्धको अभियोग र कसुर प्रमाणित गर्ने कागजात एवं सबुत संकलनको काम अन्तिम चरणमा पुगेको बताइन्छ । त्यसरी ८० वर्षे बृद्ध झाको हत्या गर्नुका पछाडि आर्थिक कारण रहेको अनुसन्धानबाट खुलेको छ ।

त्यसो त प्रहरीले झाको हत्यामा पत्नी ज्ञानुमाथि पनि शंका नगरेको होइन । तर, अभियोग प्रमाणित हुने कुनै आधार फेला नपरेपछि उनी निर्दोष रहेको ठहर भएको थियो । शंका गर्नुपर्ने एउटै आधार हो घटना भएको रात उनी पहिलो तलामा सुतेकी थिइन् । प्रहरीअनुमान थियो, कतै हत्यारा ज्ञानु सुतेकै ठाउँबाट त छिरेन ? किनभने, उनी सुतेको कोठाको जालीयुक्त झ्यालमा अलिकति प्वाल देखिन्छ । शंका थियो, कतै त्यही प्वालबाट हात छिराएर चुक्कुल त खोलिएन ? तर, यी शंकाहरू निवारण भइसकेको प्रहरीको दावी छ । पूर्वराजदूत झाकी छोरी राजश्री पहिल्यैदेखि विदेशमा रहँदै आएकी छन् । सँगै बस्ने छोरा–बुहारी उनी मारिनु अघिल्लो दिन विदेश हिँडेका थिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!