Friday, May 27, 2022
Home > प्रवास > OMG! अमेरिका हिडेका नेपाली युवाकाे यस्तो बेहाल! २ करोड सकेर फेरि नेपालमै रित्तो हात!

OMG! अमेरिका हिडेका नेपाली युवाकाे यस्तो बेहाल! २ करोड सकेर फेरि नेपालमै रित्तो हात!

काठमाडौं । करिब एक बर्ष अघि अमेरिका हिँडेका रोल्पाका २२ बर्षीया नरेन्द्र घर्तीमगर साढे दुई करोड सकेर रित्तो हात नेपाल फर्किएका छन् । दलालले उनीहरुलाई भारतको नयाँदिल्ली हुँदै रसिया, क्युवा पार गराएर अमेरिका पुर्याउने भनेको थियो । तर, बाटोमै जेल सजायसमेत भोगेर उनीहरु स्वदेश फर्किएका छन् । रोल्पाका २२ बर्षीया नरेन्द्र घर्तीमगर १ असोज ०७४ मा अमेरिका जान हिँडेका थिए ।

अमेरिका पुग्ने आसमा उनले ४८ लाख ५० हजार सिध्याए । भारतको दिल्ली हुँदै रसियाको मस्को, क्युवाको हवाना, पानामा, हाईटी हुँदै क्यारेबियन मुलुक ट्रक टिटस आईल्यान्ड पुगे ।तर, अमेरिका पुगेनन् । टिटस आईल्याण्डमा सात महिना जेल परे । उनीसँगै गएका रोल्पाकै ३१ बर्षीया शेरबहादुर घर्तीले पनि सोही जेलमा सात महिना बिताए ।

​अमेरिका पुग्ने आसमा उनको पनि ४७ लाख २३ हजार सकियो । आजको नयाँ पत्रिकामा यो खबर छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!