Friday, January 21, 2022
Home > अन्तराष्ट्रिय > कारागारमा एकाएक आगलागी हुँदा ३८ जनाको निधन

कारागारमा एकाएक आगलागी हुँदा ३८ जनाको निधन

काठमाडौं । बुरुण्डीमा एउटा कारागारमा आगलागी हुँदा कम्तीमा ३८ कैदीको मृत्यु भएको छ । आगलागीमा परी ६९ जना घाइते भएका छन् ।

बुरुण्डीको राजधानी गिटेगामा रहेको कारागारमास्थानीय समयअनुसार सोमबार बिहान चार बजे आगलागी भएको हो । कारागारको अधिकांश भाग जलेर ध्वस्त भएको छ ।

केही वरिष्ठ मन्त्रीहरुसँगै कारागारको अवस्था अवलोकन गर्न गएका उपराष्ट्रपति प्रोस्पर बोजोम्बान्जाले पत्रकारहरुसँगको कुराकानीमा ३८ जनाको मृत्यु भएको र ६९ जना गम्भीर घाइते भएको जानकारी दिए । आगलागीको समयमा कैदीहरू सुतिरहेकाले धेरैको मृत्यु भएको बताइएको छ ।

विद्युत्त चुहावटका कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

एकजना प्रत्यक्षदर्शीले समाचार एजेन्सी एएफपीसँग कुरा गर्दै भनेका छन्, ‘आगोको ज्वाला धेरै माथि उठेको देखेपछि डरले कराउँदै ढोका खोल्न भन्यौं तर प्रहरीले ढोका खोल्न आदेश नपाएको भन्दै अस्वीकार गरेकाले ठूलो मानवीय क्षति हुन पुग्यो ।’ उनले अगाडि भनेका छन्, ‘म कसरी उम्कें थाहा छैन । तर धैरै कैदीहरू भाग्दाभाग्दै जलेर मरे ।’

Leave a Reply

error: Please Dont Copy My Content!! !!