Friday, January 21, 2022
Home > समाचार > काठमाण्डौबाट आयो यस्तो डरलाग्दो खबर पक्राउ परेका २ डनहरूले गर्थे यस्तो काम!

काठमाण्डौबाट आयो यस्तो डरलाग्दो खबर पक्राउ परेका २ डनहरूले गर्थे यस्तो काम!

रकम असुली र गुण्डागर्दी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट दुईजनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–७ घर भएका मिलन जोशी र दोलखाको भीमेश्वर नगरपालिका घर भएका रविन्द्र बस्नेतलाई पक्राउ गरिएको अ’पराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताए ।

उनीहरुले पानीपोखरीमा रहेको युनिभर्सल इन्टरनेशनल मेनपावरबाट विदेश जानेहरू बापत प्रतिव्यक्ति २५ हजार कमिशन लिने गरेको आरोप छ । ‘हामी यो एरियाको दादा हौं’ भनेर उनीहरुले ९० लाखभन्दा बढी रकम लिएको मेनपावर सञ्चालकले प्रहरीसँग दावी गरेका छन् ।

मंसिर १६ मा जोशी र बस्नेतले मेनपावर सञ्चालक पत्नी र कर्मचारीलाई कमिशन नदिएको भन्दै हा’तपा’त गरेका थिए ।उनीहरुलाई मित्रपार्कबाट पक्राउ गरेर आ’परा’धिक लाभ लिएको कसुरमा थप अनुसन्धान र कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको एसएसपी खापुङले बताए ।

४० वर्षका मिलन जोशी काठमाडौं महानगरपालिका–७ स्थित गंगाहिटीमा बस्दै आएका छन् । ३५ वर्षीय रविन्द्र बस्नेत बालुवाटार बस्छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!