Friday, May 27, 2022
Home > समाचार > ओखलढुङ्गामा बसले एक वृद्धाको दुबै खुट्टा किचिदिएपछी….

ओखलढुङ्गामा बसले एक वृद्धाको दुबै खुट्टा किचिदिएपछी….

ओखलढुङ्गा – ओखलढुङ्गामा बसले एक वृद्धाको दुबै खुट्टा किचिदिएको छ । जिल्लाको रामपुरबाट सदरमुकामतर्फ आउँदै गरेको बा ३ख९१७४ नम्बरको बसले मोलुङ गाउँपालिका १ का ७७ वर्षिय भीममाया विकको दुबै खुट्टा किचिदिएपछी कामै नलाग्ने भएको हो ।७७ वर्षिय भीममाया साथमा रहेको समान भुईमा खसेपछि टिप्ने खोज्दा बसको टायरले किचेको बताइएको छ ।

अस्पताल स्रोतका अनुसार दुवै खुट्टा काम नलाग्ने अवस्थामा रहेकी७७ वर्षिय भीममाया विक लाई समुदायिक अस्पतालमा समान्य उपचारपछि काठमाडौं पठाइएको छ । ओखलढुंगा प्रहरीले घटनापछि चालकलाई नियन्त्रमा लिएको जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!