Thursday, December 9, 2021
Home > समाचार > सचिवमा उठ्ने तयारी गर्दै योगेश भट्टराई

सचिवमा उठ्ने तयारी गर्दै योगेश भट्टराई

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नेकपा एमालेभित्रको समूह भनेकै नेकपा एमाले रहेको बताएका छन्।

बुधबार चितवनमा पत्रकारसँग कुरा गर्दै उनले आफू १०औँ महाधिवेशनमा सचिवको उम्मेद्वार रहने र अहिलेनै माथिल्लो पदमा जान नखोजेको बताए। उनले भने,‘लामो यात्रामा हिँड्दा कहिलेकाहीँ चौतारीमा बस्नुपर्छ। म अहिले चौतारीमा बस्दै छु। सचिव पदमा उठ्ने तयारी गरेको छु।’

उनले अहिलेनै माथिल्लो पदमा जान खोज्नु लुडोमा छिटोछिटो माथि चढेर तल झर्ने सम्भावना भएझैं हुने बताए। भट्टराई काठमाडौंमा भएको नवौँ महाधिवेशनमा अध्यक्षमा प्रत्यासी माधवकुमार नेपालको प्यानलबाट प्रतिस्पर्धा गरेर सचिवमा निर्वाचित भएका थिए।

एमालेको १०औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको उनको भनाइ थियो। उद्घाटन सत्रका लागि मञ्च व्यवस्थापनको काम र बन्द सत्रका लागि हल निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै उनले नारायणी नदी किनारमा गैंडाकोटतर्फ पनि बसेर हेर्नका लागि व्यवस्था गरिएको जानकारी दिए।

अहिले नेपालको सम्पूर्ण ध्यान चितवन केन्द्रित भएको भन्दै उनले प्रतिनिधि र नेता यहाँ आउने क्रम सुरु भएको जानकारी दिए।

Leave a Reply

error: Please Dont Copy My Content!! !!