Thursday, December 9, 2021
Home > प्रवास > दुई महिना अघिमात्र अमेरिका पुगेकि झापाकि बर्खा नेपाल कहिल्यै नफर्किने गरि अस्ताइन्

दुई महिना अघिमात्र अमेरिका पुगेकि झापाकि बर्खा नेपाल कहिल्यै नफर्किने गरि अस्ताइन्

काठमाडौं । अमेरिकाको मेरिल्याण्डमा गाडीको ठ’क्क’रबाट बर्खा खड्का प्रसाईको मृत्यु भएको छ । ४० वर्षीय मृतक प्रसाईको घर नेपालको झापामा हो । मेरिल्याण्डको प्रिन्स जर्ज काउन्टीमा सोमबार बेलुकी ६ः३० बजे उक्त दुर्घटना भएको थियो ।

उनलाई ठ’क्क’र दि’ने सवारी साधन प्रहरीको नियन्त्रण रहे पनि चालक भने अझै फरार रहेको प्रहरीले जनाएका छन् । तत्कालै नजिकको अस्पतालमा लगिएपनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । नेपालमा झापाको बुद्धशान्ती गाउँपालिका स्थायी घर भएकी प्रसाई अमेरिकाको मेरिल्याण्डमा नै बस्दै आएकी थिइन् ।

प्रसाईको शव नेपाल पठाउनको लागि पारिवारिक सल्लाह भइसकेको छ भने नेपाली दूतावास तथा मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारीले शब सकेसम्म छिटो पठाउन सहजीकरण गरिरहेका छन् । मृतक प्रसाई आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन(आईओएम)मा कार्यरत थिइन् । उनी दुई महिना अगाडि मात्र आईओएम अफगानिस्तानबाट अफगानी शरणार्थीहरूसँगै अमेरिका काम गर्न गएकी थिइन् ।

इन्टरनेशल अर्गनाइजेशन फर माइग्रेशन आईओएममा कार्यरत प्रसाई दुईमहिना अगाडिमात्र आईओएम अन्तरगत अमेरिकामा काम गर्नका लागि आएकी थिइन् । सुरुमा अफगानिस्तानबाट आएका शरणार्थीहरुको कामका लागि भर्जिनियाको फोर्टलीमा रहेको आर्मी क्याम्पमा खटाइएको थियो ।

अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत कर्मचारीहरुलाई प्रदान गरिने जी भिसामा अमेरिकी आएकी बर्खा खड्का प्रसाईका श्रीमान मदन प्रसाई नेपालमै रहेका छन् । शव नेपालमा नै पठाउने तयारी भइरहेको र भोलि फ्युनेरल होममा लगिने पारिवारिक श्रोतले जानकारी दिएको छ । पारिवारिक श्रोत अनुशार शव नेपाल पठाउनका लागि मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारीले सहयोग गरिरहेका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!