Sunday, November 28, 2021
Home > समाचार > आइजीकी छोरीको भोलि सिडियोसँग विवाह, आजै १४ तलाबाट हाम फालेर आत्महत्या

आइजीकी छोरीको भोलि सिडियोसँग विवाह, आजै १४ तलाबाट हाम फालेर आत्महत्या

काठमाडौं । भारतको पटनाका अवकास प्राप्त आइजी सुधांशु कुमारकी छोरीले १४ तलाबाट हाम फालेर आत्मदाह गरेकी छन् । शनिबार मात्रै उनको इंगेजमेन्ट भएको थियो । किशनजंगका सिडियोसँग उनको विवाहको तयारी रहेको थियो । सोमबार(भोलि) हुन लागेको विवाह आइतबार छतबाट हाम फालेपछि कैयौं प्रश्न उब्जिएका छन् ।

स्निग्धाको किशनजंगका सिडियो महेन्द्र कुमारसँग विवाह तय भएको थियो । आजमात्रै उनले पटनाको सबैभन्दा अग्लो रेसिडेंसियल अपार्टमेन्टको १४ औं तलाबाट हाम फालेकी छन् । यसको कारण भने खुल्न सकेको छैन । सीसीटिभी फुटेजमा उनलाई १३ औं तलासम्म लिप्टमा गएको देखिएको छ । त्यसपछि उनी सिढीबाट १४ औं तलामा गएकी थिइन् । उनको हातमा एक स्टूल समेत रहेको थियो । जसको प्रयोगले उनी छतको रेलिङमा चढेकी थिइन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । घटनालाई पत्ता लगाउन प्रहरीले सोही तलाबाट डमीलाई फ्याकेको छ । जसले स्निग्धा कुदेको अनुमान गर्न सकियोस् ।

घटना कसरी भयो ?

आइतबार बिहान ७ बजे एक कार उदयपुर अपार्टमेन्टमा आएर रोकियो । उक्त कारबाट एउटा युवती उत्रिइन् र सिधै लिप्टतिर लागिन् । गार्डले उनलाई सोधे कसलाई भेट्नका निम्ति आएको ? उनले जवाफमा १२ तलामा बस्ने एक महिला आइएसएसको नाम लिइन् । त्यसपछि गार्डले दिएको जानकारी अनुसार २०–२५ मिनेटपछि ठूलो आवाज आयो । जब उही युवती छतबाट हाम फालेर मरिन् ।

स्निग्धा पटनाको पटेल नगर निवासी हुन् । प्रहरीले हालसम्म कुनै सुसाइड नोट फेला पार्न सकेको छैन । उनी आएको कारका ड्रइभरका अनुसार स्निग्धा बोरिगं कैनाल रोडको अन्य अपार्टमेन्टमा समेत गएकी थिइन् । स्निग्धाको विवहा भोली पटनाको पाँच तारे होटेलमा तय भएको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!