Thursday, December 9, 2021
Home > समाचार > यसरी थपिदैछन काठमाण्डौं उपत्यकामा संक्रमितहरू…

यसरी थपिदैछन काठमाण्डौं उपत्यकामा संक्रमितहरू…

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १०५ जना, भक्तपुरमा ९ जना र ललितपुरमा ३९ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा ३५१ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ८ हजार ७२९ पीसीआर र १ हजार ४४५ जनाको एन्टीजेन परीक्षणका क्रममा ३५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कुल संक्रमितको संख्या ८ लाख १९ हजार ६९९ जना पुगेको छ । कुल संक्रमितमध्ये ७ हजार ३०० जना सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा २७३ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ८९० पुगेको छ । उक्त अवधिमा ९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५०९ पुगेको छ । ९८ जना क्वारेन्टाइनमा छन् । २२३ जना आइसीयू र ५१ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोनाले युरोप र एशियामा मार्चसम्म थप ७ लाखको मृत्यु हुने
कोभिड-१९ को संक्रमणबाट आगामी चार महिनामा युरोप र एसियामा मार्चसम्म थप सात लाख मानिसको मृत्यु हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ । सन् २०२२ को २२ मार्चसम्म ४९ देशका अस्पतालका आइसीयू बेड कोभिडका विरामीले भरिने डब्लूएचओले चेतावनी दिएको छ। कोभिडका कारण अहिलेसम्म युरोपमा १५ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

पछिल्लो समयमा युरोपमा कोभिड संक्रमण पुनः तीव्र देखिएको छ । कोभिडकै कारण अस्ट्रियामा लकडाउन गरिएको छ भने युरोपका अन्य देशहरुले प्रतिबन्धात्मक उपायहरु लागु गरेका छन् । सरकारले लगाएका प्रतिबन्धात्मक व्यवस्थाको विभिन्न देशमा विरोध भइरहेको छ । आंशिक लकडाउन जारी भएपछि नेदरल्यान्ड्समा हिंसात्मक प्रदर्शन भएका छन् ।

फ्रान्स, जर्मनी, ग्रीसलगायतका केही देशले आफ्ना नागरिकलाई बुस्टर डोज दिने तयारी गरिरहेका छन् । युरोपमा ठूलो संख्यामा मानिसको मृत्युको मुख्य कारण कोभिड भएको डब्लूएचओले ठहर गरेको छ । युरोपमा कोभिडबाट दैनिक मृत्यु हुनेको संख्या अहिले चार हजार २०० नाघेको डब्लूचएओले जनाएको छ । रसियामा कोभिडबाट दैनिक १२ सय जनाको मृत्यु हुने गरेको छ ।

अझै पनि युरोपको ठूलो जनसंख्याले खोप नलगाएको र डेल्टा भेरियन्टका कारण कोभिडबाट ज्यान जोगाउनेको संख्या बढ्दो छ । डब्लूएचओका युरोप निर्देशक डा. हान्स क्लुग्ले खोप नलगाएका व्यक्तिलाई तत्काल खोप लगाउन आग्रह गरेका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!