Friday, May 27, 2022
Home > समाचार > गृहजिल्ला झापा पुगेर सुमित र अस्मिताले धुम मच्चाएपछि उर्लियो जनसागर (भिडियो)

गृहजिल्ला झापा पुगेर सुमित र अस्मिताले धुम मच्चाएपछि उर्लियो जनसागर (भिडियो)

चर्चित रियालिटि सो नेपाल आइडलको सिजन २ को टप ४ मा पुगेका झापाका सुमित पाठक र अस्मिता अधिकारीलाई गृह जिल्ला झापामा भव्य स्वागत गरिएको छ ।नेपाल आइडलको टप–४ मा पर्न सफल सुमित पाठक र अस्मिता अधिकारी शनिबार गृह जिल्ला झापा आएका हुन् ।

दिउँसो १२ बजे भद्रपुर विमानस्थलमा उत्रिएका सुमित र अस्मितालाई विमानस्थलमै भव्य स्वागत गरिएको थियो । उनिहरुको स्वागतमा ठूलो संख्यामा शुभचिन्तक तथा आफन्तहरु विमानस्थल पुगेका थिए । हातमा फूलमाला बोकेर लामबद्ध लागेका शुभचिन्तकहरुले उनिहरुको स्वागत गरेका थिए ।

सुमित र अस्मिताका आ-आफ्नै फ्यानहरुले लगाएको हुटिङ्ले माहोल तातेको थियो । उनिहरुका आ-आफ्नै फ्यानहरु सेल्फि खिच्न ब्यस्त देखिन्थे । उनिहरुसँग अंकमाल गर्न र फोटो खिच्न तछाड मछाड भएको थियो, जसको कारण माहोल नै अस्तब्यस्त बनेपछी प्रहरीलाई माहोल नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो ।

उनीहरुलाई प्रहरीले स्कटिङ गरी गृहनगर लगिएको थियो । सुमित झापाको सुरुङाबासी हुन् भने अस्मिता कमल गाउँपालिकाबासी हुन् । सुमितको बुबाले गित गाएपछि सुमित हेरेको हेरै भए ।

झापा । नेपाल आईडलको टप ४ मा पुग्न सफल झापाली चेली अस्मिता अधिकारीलाई दमकमा स्थानीय तथा शुभचिन्तकहरुले भब्य स्वागत गरेका छन् । उनले यहाँसम्म आईपुग्न सबैको साथ सहयोगले सम्भव भएको बताईन् ।

उनले, भनिन्, सबै महिलाको प्रतिनिधित्व गरेर म आईडलको टप ४ मा छु,अब जिताउने तपाईहरुको हातमा छ प्लीज भोट गरिदिनुहोला । नेपाल आइडलमा एक्लि फिमेल सिंगर बचेकी अस्मिता आफ्नो गृहनगरमा पनि उत्तिकै लोकपि्रय छिन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!