Saturday, December 3, 2022
Home > समाचार > अत्यन्तै दुखद खबर : २ महिना अघि अस्ट्रेलिया गएको नेपाली विद्यार्थीको मृत्यु

अत्यन्तै दुखद खबर : २ महिना अघि अस्ट्रेलिया गएको नेपाली विद्यार्थीको मृत्यु

अस्ट्रेलिया, उच्च शिक्षा अध्ययनका लागि दुई महिनाअघि अस्ट्रेलिया आएका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ ।मोरङको मधुमल्ला घर भई आइटी विषयमा डिप्लोमा अध्ययन गर्न सिड्नी आएका मीलन तामाङको उपचारका क्रममा मृत्यु भएको हो । नेपालबाट प्लस टु सकेर सिड्नीमा रहेको ‘हाम्रो कलेज’मा अध्ययन गर्न आएका उनी जम्मा २० वर्षका थिए ।

उनीसँगै बस्ने साथी प्रकाश अधिकारीले दिएको जानकारीअनुसार बुधबार आफ्नै घरमा पढिरहेको समयमा ढलेका उनलाई उपचारका लागि एम्बुलेन्समार्फत अस्पताल लगिएको थियो ।अस्पतालमा चिकित्सकहरुले उनलाई बिहीबार मृत घोषणा गरेका थिए । अधिकारीले चिकित्सकहरुको भनाइ उद्धृत गर्दै उनको मृत्युको कारण ‘ब्रेन हेमरेज’ भएको जानकारी दिए ।

उनको शव नेपाल पठाउने पहल सुरु गरिएको छ । हाम्रो कलेजका निर्देशक दीपक खनालले मृतक तामाङ अध्ययनका लागि आउँदा तिरेको सबै शुल्क फिर्ता गरिदिने जानकारी दिँदै उनको शव नेपाल पठाउन सक्दो पहल भइरहेको बताए ।शव नेपाल पठाउन सिड्नी तामाङ सोसाईटीले सहयोग संकलन सुरु गरेको भने आप्रवासी नेपालीहरुको संगठन एनआरएनले समेत सहयोग गर्न आग्रह गरेको छ ।

Leave a Reply