Thursday, July 15, 2021
Home > समाचार > भर्खरै आयो निर्मला हत्या काण्डमा पक्राऊ परेका प्रदीपको यस्तो खबर

भर्खरै आयो निर्मला हत्या काण्डमा पक्राऊ परेका प्रदीपको यस्तो खबर

काठमाडौँ – १३ बर्षिय बालिका निर्मला पन्तको हत्या प्रकरणमा शंकास्पद भनिएका प्रदीप रावललाई हल्लाकै भरमा अपराधी बनाइएको भन्दै परिवारले आरोप लगाएका छन् । प्रदीप रावलले आफ्नो अपराध स्वीकार गरिसके पनि स्थानीयले भने उनलाई प्रहरीले फसाउन खोजेको बताएका छन् । निर्मलाका छिमेकी प्रदीप रावल सामूहिक बलात्कारपछि हत्या गरेको आशंकामा काठमाडौँबाट पक्राउ परेका थिए। भने अन्य ३ जनालाइ महेन्द्रनगरबाट पक्राउ गरिएको थियो। रावलले अपराध स्विकार गरेपनि परिवार भने मान्न तयार भएका छैनन् ।

अनुसन्धानको क्रममा काठमाडौँबाट पक्राउ परेका रावलको संलग्नताको धेरै आधार देखिपछि सर्वेन्द्र खनाल सोधपुछ गर्न आँफै सिआईबीमा पुगेका थिए ।सीआईबी स्रोतका अनुसार आईजीपी खनालसँगको बयानका क्रममा घटना स्वीकार गरेपछि १७ वर्षीय प्रदीप रावल र १४ वर्षीय विशाल चौधरीको डीएनए परीक्षण भइरहेको बताएका छन् ।

डीएनए परीक्षणका लागि प्रहरी प्रयोगशालामा पठाएको छ। शुक्रबार डीएनए रिपोर्ट आउने भनिएपनि प्रहरीले अझै केहि दिन लाग्ने बताएको छ। निर्मलाका हत्यारा भनिएका प्रदिप रावल उनको हत्या हुँदा कुखुरा चोरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेको बताइएको छ। प्रदीपले चोरीमा मुछेपछि निर्मलाको हत्या भएको एक घण्टाभित्र विशाललाई घरबाटै पक्राउ गरेर रातभर थुनिएको थियो । समचारमा आएजस्तो प्रदिप भारत नगएको स्थानीय बताऊछन् । निर्मला हत्याकाण्डको एक महिनापछि प्रदीपलाई काठमाडौं बोलाइएको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!