Thursday, December 9, 2021
Home > जीवनशैली > काँग्रेसमा महिला नेतृत्वः पाँचथरकि मैया श्रेष्ठ बनिन् प्रदेश सभा क्षेत्रिय सभापति!

काँग्रेसमा महिला नेतृत्वः पाँचथरकि मैया श्रेष्ठ बनिन् प्रदेश सभा क्षेत्रिय सभापति!

पाँचथर मंसिर ०६ । नेपाली कांग्रेस पाँचथरकी नेत्री मैया श्रेष्ठ लावती प्रदेश सभा क्षेत्रीय सभापति बनेकी छन्। प्रदेश सभा निर्वाचन क्षेत्र (ख) को सभापतिमा उनले फराकिलो मतान्तरसहित प्रतिस्पर्धीलाई हराउँदै सभापति जितेकी हुन्। उनले २७४ मत ल्याएकी थिइन्।

प्रतिस्पर्धी नगेन्द्रकुमार लामालाई उनले ६४ मतले पछि पारेकी थिइन्। लामाले जम्मा २०९ मत मात्रै ल्याएका थिए। मिक्लाजुङ गाउँपालिकाकी उनी सामाजिक काम गर्दै कांग्रेस राजनीतिमा सक्रिय भएकी थिइन्। पाँचथर प्रदेश सभा क्षेत्र (क) को सभापति भने भगिश्वर योङहाङ निर्वाचित भएको पाँचथर कांग्रेसले जनाएको छ।


नेत्री मैया श्रेष्ठ (लावती)को फेसबुकबाट ।

यो पनिः २१ वर्षीया पूजा फुयाल महाधिवेशन प्रतिनिधि
नेपाली कांग्रेसमा यसपाली युवाहरूको आकर्षण देखिएको छ। वडा तहदेखि नै युवाहरू विभिन्न पदमा उम्मेदवार बन्दै लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहेकाहरूलाई हराइरहेका छन्।

साथै कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघमा सक्रिय रहेकाहरू १४ औं महाधिवेशनका लागि पार्टी राजनीतितर्फ मोडिएका छन्। नेविसंघमा लामो समयदेखि महाधिवेशन भएको छैन। नेविसंघमा नेतृत्व लिनबाट बञ्चित भएकाहरू सिधै पार्टी राजनीतिमा लाग्दा युवाको संख्या बढ्दो देखिएको छ।

यसपालि सोलुखुम्बुकी २१ वर्षीया पूजा फुयाल पनि महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छन्। आइतबार भएको प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिका लागि फुयालले ४०३ मत ल्याएकी थिइन्। उनी खसआर्य महिलातर्फ उम्मेदवार बनेकी थिइन्। उनीजस्तै उक्त पदमा प्रतिस्पर्धा गरेकी टंकीमाया बस्नेतले पनि ४०३ मत नै ल्याइन्। एक पदका लागि भएको निर्वाचनमा उम्मेदवारबीच बराबर मत आएपछि गोलाप्रथा गर्दा पूजाले बाजी मारिन्।

Leave a Reply

error: Please Dont Copy My Content!! !!